साउदीमा ज्यान गुमाएका २४ नेपालीका परिवारलाई राहत

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन १७, २०७५
|
|
२५ पटक हेरिएको
Shares
साउदीमा ज्यान गुमाएका २४ नेपालीका परिवारलाई राहत

सारांश

  • काठमाडौं ।
  • साउदी अरबमा ज्यान गुमाएका २४ नेपाली कामदारका परिवारले पाउनुपर्ने क्षतिपूर्ति पठाइएको छ ।
  • साउदी रियादस्थित नेपाली दूतावासले विभिन्न कारणबाट ज्यान गुमाएका नेपालीका परिवारलाई २ लाख ७१ हजार ८०७ साउदी रियाल नेपाल पठाएको छ ।

काठमाडौं । साउदी अरबमा ज्यान गुमाएका २४ नेपाली कामदारका परिवारले पाउनुपर्ने क्षतिपूर्ति पठाइएको छ । साउदी रियादस्थित नेपाली दूतावासले विभिन्न कारणबाट ज्यान गुमाएका नेपालीका परिवारलाई २ लाख ७१ हजार ८०७ साउदी रियाल नेपाल पठाएको छ ।

मृतकका हकदारले पाउने गरी साउदीमा रहँदा गरेको कामको लिन बाँकी तलब, भत्ता तथा ‘ब्लडमनी’ परराष्ट्र मन्त्रालयको बैङ्क खातामा हस्तान्तरण गरिएको दूतावासले जनाएको छ ।

सिरहाका अवधकिशोर यादव र राजकुमार मण्डल, बाराका अमिरी माझी, पाल्पाका भुवनसिंह दिसा, सप्तरीका विनोदकुमार मण्डल, अर्घाखाँचीका विष्णुबहादुर टण्डन, म्याग्दीका गणेशबहादुर घर्ती, महोत्तरीका गरहवा बतार, धनुषाका गुरुशरण ठाकुर, रामलखन मण्डल र रमेश कापरले पाउनुपर्ने रकम हस्तान्तरण गरिएको हो ।

त्यस्तै दाङका जालुराम चौधरी, काभ्रेपलाञ्चोकका काजिबाबु थापा, भोजपुरका कुलबहादुर खत्री, लमजुङका मिलन तामाङ, सुनसरीका परमेश्वर मोची, धनकुटाका राजेन्द्र भुजेल, झापाका रुपेन मोक्तान तामाङ र सन्तोष परियार तथा मकवानपुरका सूर्यप्रसाद चौलागाईंका परिवारले पनि राहत रकम पाउने छन् ।

गुल्मीका हेमलाल पेमी, खोटाङका लेखराज राई, कास्कीका लुमनाथ अधिकारी र सिन्धुलीका प्रेमबहादुर पाख्रिनका परिवारले ब्लडमनी बापतको साउदी रियाल २० हजार पाउने दूतावासले जनाएको छ । अर्घाखाँचीका टण्डनको छुट्टीमा रहँदा नेपालमा मृत्यु भए पनि सम्बन्धित कम्पनीबाट पाउनुपर्ने तलब, भत्ता उनको परिवारलाई पठाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?