नेपाल स्काउटमा नयाँ कार्यसमिति

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र ७, २०७४
|
|
२९ पटक हेरिएको
Shares
नेपाल स्काउटमा नयाँ कार्यसमिति

सारांश

  • काठमाडौँ, ७ भदौ ।
  • सरकारले नेपाल स्काउटको वर्तमान केन्द्रीय कार्यकारी समिति विघटन गरी चन्दन कौशिकको संयोजकत्वमा १३ सदस्यीय केन्द्रीय तदर्थ समिति गठन गरेको छ ।
  • कौशिक यसअघि धनुषा जिल्ला स्काउटको जिल्ला आयुक्त हुनुहुन्थ्यो ।

काठमाडौँ, ७ भदौ । सरकारले नेपाल स्काउटको वर्तमान केन्द्रीय कार्यकारी समिति विघटन गरी चन्दन कौशिकको संयोजकत्वमा १३ सदस्यीय केन्द्रीय तदर्थ समिति गठन गरेको छ ।
कौशिक यसअघि धनुषा जिल्ला स्काउटको जिल्ला आयुक्त हुनुहुन्थ्यो ।

युवा तथा खेलकुदमन्त्री एवम् नेपाल स्काउटका प्रमुख स्काउट राजेन्द्रकुमार केसीको अध्यक्षतामा मंगलबार बसेको बैैठकले नयाँ तदर्थ समिति गठन गरी ऐन र नियमावलीअनुसार नयाँ राष्ट्रिय परिषद् र केन्द्रीय कार्यकारी समिति गठन गर्ने जिम्मेवारी तोकेको छ ।

तदर्थ समितिले एक वर्षभित्र राष्ट्रिय परिषद् र केन्द्रीय कार्यकारी समितिको निर्वाचन गराउनुपर्नेछ । तदर्थ समितिमा झापाका शिव पौडेल, सुर्खेतका पार्वती गिरी, भक्तपुरका पुण्यराम गोथे, ललितपुरका केशव महर्जन, काठमाडौँका दीपेश केसी, जयराम कार्की र गौतम अधिकारी, सिन्धुपाल्चोकका देवदूत अधिकारी, चितवनका मनोजजङ्ग रायमाझी, प्यूठानका रामप्रसाद शर्मा, धनुषाका रामकुमार भण्डारी र कास्कीका गोमा घिमिरे पौडेल हुनुहुन्छ ।

समितिको सल्लाहकारमा काठमाडौँका डा रवीन्द्रप्रसाद पाण्डे हुनुहुन्छ । उहाँहरुले आज नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयमा पदबहाली गर्नुभएको छ । यसअघि रबिन दाहालको नेतृत्वमा रहेको केन्द्रीय कार्यसमितिले समयमा निर्वाचन गराउन नसकेको आरोप छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?