एनपिएलको चर्चासँगै कीर्तिपुर क्रिकेट मैदानको स्वरूप परिवर्तन

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर ८, २०८१
|
|
२४ पटक हेरिएको
Shares
एनपिएलको चर्चासँगै कीर्तिपुर क्रिकेट मैदानको स्वरूप परिवर्तन

सारांश

  • काठमााडौं।
  • नेपाल प्रिमियर लिग एनपिएलको चर्चा अहिले चुलिएको छ।
  • अन्य खेलकुद संघहरूले देशको आर्थिक स्थितिलाई दोष दिँदै चुपचाप बसिरहँदा नेपाल क्रिकेट संघ क्यानले नेपाली खेलकुद नै तरङ्गित हुनेगरी चर्चा बटुलिरहेको हो।

काठमााडौं। नेपाल प्रिमियर लिग एनपिएलको चर्चा अहिले चुलिएको छ। अन्य खेलकुद संघहरूले देशको आर्थिक स्थितिलाई दोष दिँदै चुपचाप बसिरहँदा नेपाल क्रिकेट संघ क्यानले नेपाली खेलकुद नै तरङ्गित हुनेगरी चर्चा बटुलिरहेको हो।

चाहे प्रमुख प्रायोजन सम्झौता होस् वा शिखर धवन, मार्टिन गप्टिल, जिमि निशम, रवि बोपरा जस्ता विश्व स्टारको आगमन अनि स्टार स्पोर्ट्ससँगको सम्झौता। योसँगै अर्को चर्चाको विषय बनेको छ, टियु खेल मैदान। यो पटक मैदान पुग्ने दर्शक र क्रिकेट समर्थकहरूले केहि हदसम्म मैदानको स्वरूप परिवर्तन भएको महशुस पक्कै गर्नेछन्।

यी दृश्यहरुले पनि स्वरूप फेरिएको टियु मैदानको आभाष हुन्छ। विशेषगरी यो पटक दर्शकको सुरक्षालाई ध्यान दिइएको क्यानको भनाइ छ।

यो पटक साधारण प्याराफिटतर्फ पहिलो पटक जोन छुट्ट्याइएको छ। टिकट खरिद गर्दा जोनअनुसार खरिद गर्नुपर्नेछ। र चार जोनको लागि अलग अलग गेट बनाइएको छ। अर्को ठूलो परिवर्तन भनेको टियु मैदानना पहिलो पटक भीआईपी टिकटको व्यवस्था गरिनेछ।

जसका लागि बस्ने मेच राखिएको छ। टियुमा दर्शकको लागि मेच राखिएको पहिलो पटक हो। दुई ठाउँमा गरी दुई हजार दर्शक क्षमता भीआईपीतर्फको रहेको छ। तर १२ सयसम्म टिकट बेच्ने क्यानले जनाएको छ। साधारणतर्फ भने दश हजारसम्म टिकट बेच्ने बताइएको छ।

यसबाहेक पहिलो पटक डिजिटल स्कोरबोर्ड अर्को परिवर्तनको रूपमा रहनेछ। पहिलो पटक टियुमा डिजिटल स्कोरबोर्ड जडान गरिएको हो। यसबाहेक अर्को महत्वपूर्ण पक्ष भनेको पिच हो।

पिचमा लगानी र मेहनत भरपुर गरिएको छ। बंगलादेशका क्युरेटरको नेतृत्वमा पिचलाई स्तरीय बनाइएको छ। सँगै आउटफिल्ड पनि निकै राम्रो बनेको छ। दर्शक र मैदानबीचको बारलाई सारिएको छ। जसले गर्दा बाउण्ड्री नै बढेको छ।

अर्को ठूलो परिवर्तन भने भीआईपी र फ्रेन्चाइज लाउन्ज बनेको छ। मिडिया बक्स प्लेयर बक्सभन्दा माथि सारिएको छ। प्रयाक्टिस ट्रफ पनि अहिले पाँचवटा बनाइएको छ। साइड स्क्रीन पनि परिवर्तन गरिएको छ। क्यान आफैंले गरेको स-साना परिवर्तनले पनि मैदानको स्वरूपमा सकारात्मक परिवर्तन देखिएको छ।

तर सरकारले १०० दिनभित्र जडान गर्ने भनेको फ्लड लाइट भाषणमा मात्र सीमित बनेको छ। यसबाहेक सुरक्षाका लागि नेपाल प्रहरीसँग सहकार्य भएको पनि क्यानले जनाएको छ। ८ टिमबीच हुने एनपिएल यही मंसिर १५ गतेदेखि शुरू हुँदैछ । यसअघि पनि धेरै पटक नेपालमा फ्रेन्चाइज क्रिकेट भइसकेका छन् । तर यो पटक क्यानको नेतृत्वमा पहिलो पटक हुन लागेको एनपिएलको रौनक बेग्लै छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री कप महिला क्रिकेट : गण्डकीद्वारा कर्णाली पराजित
प्रधानमन्त्री कप महिला क्रिकेट : गण्डकीद्वारा कर्णाली पराजित
न्यायालयमा विचौलियाको भूमिका न्यून भएको छ : प्रधानन्यायाधीश कार्की
न्यायालयमा विचौलियाको भूमिका न्यून भएको छ : प्रधानन्यायाधीश कार्की
वीरगञ्ज महानगरभित्रका विद्यालयमा बिहान १०:३० भित्रै पठनपाठन सक्नुपर्ने
वीरगञ्ज महानगरभित्रका विद्यालयमा बिहान १०:३० भित्रै पठनपाठन सक्नुपर्ने
सात महिनादेखि कर्मचारी तलबविहीन
सात महिनादेखि कर्मचारी तलबविहीन
भदौ २४ गते बुधवारको राशिफल यस्तो छ
भदौ २४ गते बुधवारको राशिफल यस्तो छ
घट्यो सुनको मूल्य
घट्यो सुनको मूल्य
काठमाडौं-१ मा कांग्रेस र एमालेबीच नै मुख्य प्रतिस्पर्धा
काठमाडौं-१ मा कांग्रेस र एमालेबीच नै मुख्य प्रतिस्पर्धा
सरकारी नीतिनियम सरकारी निकायबाटै कार्यान्वयन नहुँदा शहीद परिवारलाई सास्ती
सरकारी नीतिनियम सरकारी निकायबाटै कार्यान्वयन नहुँदा शहीद परिवारलाई सास्ती
राप्रपा नेपालको आह्वान- राजसंस्था पुनर्स्थापना गर्न सामूहिक नेतृत्वको आधारमा मोर्चा निर्माण गरौँ
राप्रपा नेपालको आह्वान- राजसंस्था पुनर्स्थापना गर्न सामूहिक नेतृत्वको आधारमा मोर्चा निर्माण गरौँ
दोहोरो अंकले घट्यो नेप्से, १ अर्ब ७१ करोडको कारोबार
दोहोरो अंकले घट्यो नेप्से, १ अर्ब ७१ करोडको कारोबार

तपाईंले छुटाउनुभयो कि?