राष्ट्रपतिबारे निर्णय गर्ने जिम्मा प्रचण्डलाई

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन ८, २०७९
|
|
२४ पटक हेरिएको
Shares
राष्ट्रपतिबारे निर्णय गर्ने जिम्मा प्रचण्डलाई

सारांश

  • काठमाडौं ।
  • नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठकले राष्ट्रपतिको लागि अन्तिम निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ ।
  • सोमबार पार्टी मुख्यालय पेरिसडाँडामा सम्पन्न बैठकले प्रचण्डलाई राष्ट्रपतिको निर्णय गर्ने अन्तिम अधिकार दिएको हो ।

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठकले राष्ट्रपतिको लागि अन्तिम निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ । सोमबार पार्टी मुख्यालय पेरिसडाँडामा सम्पन्न बैठकले प्रचण्डलाई राष्ट्रपतिको निर्णय गर्ने अन्तिम अधिकार दिएको हो ।

बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै पार्टी प्रवक्ता कृष्णबहादुर महराले पार्टीको हितलाई ध्यानमा राखेर राष्ट्रपति चयनबारे अन्य दलहरूसँग छलफल अगाडि बढाइने बताए । राष्ट्रिय सहमतिमै राष्ट्रपति चयन हुनुपर्छ भन्ने अडानमा आफूहरू कायम रहेको उनको भनाइ छ ।

‘यस विषयमा अन्तिम निर्णय लिने अधिकार प्रधानमन्त्रीलार्ई बैठकले दिएको छ,’ उनले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?