बाढीपहिरोबाट मृत्यु भएकाहरुको परिवारलाई दुई-दुई लाख दिने सरकारको निर्णय

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन २१, २०८२
|
|
३१ पटक हेरिएको
Shares
बाढीपहिरोबाट मृत्यु भएकाहरुको परिवारलाई दुई-दुई लाख दिने सरकारको निर्णय

सारांश

  • काठमाडौं।
  • सरकारले असोज १७ गतेदेखि १९ गतेको बाढीपहिरोबाट घरबास गुमाएकाहरुलाई तत्काल अस्थायी आवासका लागि ५० हजार रुपैयाँ रकम दिने निर्णय गरेको छ।
  • राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १९ औँ बैठकले घरबास गुमाएका परिवारहरूका लागि स्थानीय तहको समन्वयमा लाभग्राही पहिचान गरी तत्काल रकम उपलब्ध गराउने निर्णय गरेको हो।

काठमाडौं। सरकारले असोज १७ गतेदेखि १९ गतेको बाढीपहिरोबाट घरबास गुमाएकाहरुलाई तत्काल अस्थायी आवासका लागि ५० हजार रुपैयाँ रकम दिने निर्णय गरेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १९ औँ बैठकले घरबास गुमाएका परिवारहरूका लागि स्थानीय तहको समन्वयमा लाभग्राही पहिचान गरी तत्काल रकम उपलब्ध गराउने निर्णय गरेको हो।

अस्थायी आवास निर्माण अनुदान सम्बन्धी मापदण्ड, २०८१ बमोजिमको अनुदान रकमको पहिलो किस्ता तत्काल उपलब्ध गराउने र निर्णयपछि थप २५ हजार गरी ५० हजार उपलब्ध गराउने निर्णय गरेको हो।

त्यस्तै मृतकका परिवारलाई दुई लाख र स्थायी आवास निर्माणका लागि पनि मापदण्ड अनुसार दुईदेखि ५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।

बैठकले तीनै तहका सरकारहरूले प्रदान गर्ने राहतलाई समन्वय गरी दोहोरो नपर्ने गरी स्थानीय तहमार्फत प्रदान गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?