सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर एक जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र १४, २०७९
|
|
५१ पटक हेरिएको
Shares
सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर एक जनाको मृत्यु

सारांश

  • फुङ्लिङ ।
  • सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर आठराई त्रिवेणी गाउँपालिका–३ हाङपाङका ५८ वर्षीय ललित गुरुङको घटनास्थलमै मृत्यु भएको छ ।
  • बाउन्न वर्षीय वीरबहादुर गुरुङले चलाएको भरुवा बन्दुकको छर्रा लागेर ५८ वर्षीय ललितको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक कुशराम कार्कीले जानकारी दिए ।

फुङ्लिङ । सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर आठराई त्रिवेणी गाउँपालिका–३ हाङपाङका ५८ वर्षीय ललित गुरुङको घटनास्थलमै मृत्यु भएको छ ।

बाउन्न वर्षीय वीरबहादुर गुरुङले चलाएको भरुवा बन्दुकको छर्रा लागेर ५८ वर्षीय ललितको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक कुशराम कार्कीले जानकारी दिए ।

उनका अनुसार सोमबार राति करिब १० बजे कालिदह जङ्गलमा उनीहरु सिकारका लागि गएका थिए । सिकार खेल्ने क्रममा बन्दुकको छर्रा लागेर ललितको मृत्यु भएको प्रहरी निरीक्षक कार्कीले बताए । घटनालगत्तै हाङपाङ प्रहरी चौकीको टोलीले वीरबहादुरलाई भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको जनाइएको छ ।
घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

​महानगरपालिकाका कार्यकारी अधिकृत लोकमानको पक्षमा…
​महानगरपालिकाका कार्यकारी अधिकृत लोकमानको पक्षमा…
काङ्ग्रेसको भविष्य सङ्कटमा
काङ्ग्रेसको भविष्य सङ्कटमा
राष्ट्रियसभाको बैठकद्धारा नियमावली संशोधन गर्न मस्यौदा समिति गठन
राष्ट्रियसभाको बैठकद्धारा नियमावली संशोधन गर्न मस्यौदा समिति गठन
पिपलको रुख रोपेर  बाहिरिएका ओलीले राजीनामा दिएको,एक बर्ष पूरा  बढ्यो लोकप्रियता….
पिपलको रुख रोपेर बाहिरिएका ओलीले राजीनामा दिएको,एक बर्ष पूरा बढ्यो लोकप्रियता….
दुई ढुङ्गा बिचको तरुल “नेपाल” – चुडामणी खनाल
दुई ढुङ्गा बिचको तरुल “नेपाल” – चुडामणी खनाल
बर्षेनी बढ्ने बेरुजु खर्च रोक्नुपर्छ : मुख्यमन्त्री पौडेल
बर्षेनी बढ्ने बेरुजु खर्च रोक्नुपर्छ : मुख्यमन्त्री पौडेल
विश्वकपमा स्पेनको सर्वाधिक सात गोल
विश्वकपमा स्पेनको सर्वाधिक सात गोल
मानव अधिकार आयोगका अध्यक्ष शर्माको किन आलोचना गरे कानुनमन्त्रीले ?
मानव अधिकार आयोगका अध्यक्ष शर्माको किन आलोचना गरे कानुनमन्त्रीले ?
लुटेरै लखपति : अपराधी सामाजिक कामको आवरणमा समाजमा स्थापित
लुटेरै लखपति : अपराधी सामाजिक कामको आवरणमा समाजमा स्थापित
नेपाल र युएईबीच रोकिएको खेल आज पुनः हुँदै, हिजोकै स्कोरबाट खेलले निरन्तरता पाउने
नेपाल र युएईबीच रोकिएको खेल आज पुनः हुँदै, हिजोकै स्कोरबाट खेलले निरन्तरता पाउने