धरानमा व्यावसायिक प्याराग्लाइडिङ सेवा पुनः सुरु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक २५, २०८२
|
|
९९ पटक हेरिएको
Shares
धरानमा व्यावसायिक प्याराग्लाइडिङ सेवा पुनः सुरु

सारांश

  • पूर्वी नेपालको सुन्दर र रमणीय सहर धरानबाट व्यावसायिक प्याराग्लाइडिङ उडान पुनः सुरु गरिएको छ।
  • मौसम अनुकूल हुने बित्तिकै सुनसरीको धरान उपमहानगरपालिका–४ स्थित छोटी मोरङबाट धरान स्काइ एडभेन्चर प्याराग्लाइडिङ प्रा.
  • लि.

पूर्वी नेपालको सुन्दर र रमणीय सहर धरानबाट व्यावसायिक प्याराग्लाइडिङ उडान पुनः सुरु गरिएको छ। मौसम अनुकूल हुने बित्तिकै सुनसरीको धरान उपमहानगरपालिका–४ स्थित छोटी मोरङबाट धरान स्काइ एडभेन्चर प्याराग्लाइडिङ प्रा. लि. ले सोमबारदेखि नियमित उडान सेवा संचालन सुरु गरेको हो। सेवा सञ्चालनको जानकारी सन्चालक तथा पाइलट मिलन तामाङ्गले दिएका छन्।

प्याराग्लाइडिङको यो सेवा पर्यटक र साहसिक खेल प्रेमीहरूका लागि प्रमुख आकर्षणको केन्द्र बनेको छ। सेवा पुनः सुरु भएपछि स्थानीय प्रशासन र पर्यटन व्यवसायीहरूले पनि उत्साह व्यक्त गरेका छन्।

धरानको हरियाली, पहाडी दृश्य र प्राकृतिक सौन्दर्य माथि उडेर अनुभव गर्न सकिने यो साहसिक गतिविधि आगन्तुकहरूबीच निकै लोकप्रिय भएको छ। कम्पनीका प्रबन्धकले भनेका छन् कि सुरक्षा व्यवस्थामा उच्च प्राथमिकता दिइएको छ र प्रशिक्षित प्रशिक्षकहरूको साथमा उडान सञ्चालन हुने छ।

पर्यटकहरूले धरानको प्राकृतिक दृश्यावलीको आनन्द लिँदै रोमाञ्चक अनुभव प्राप्त गर्न सक्ने यस कार्यक्रमले पूर्वी नेपालको पर्यटन क्षेत्रमा नयाँ उत्साह भर्न सफल हुने विश्वास गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?