मतदाताको कडा प्रहार: ७० प्रतिशत काभ्रेली उम्मेदवारको धरौटी नै जोगिएन

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन २५, २०८२
|
|
२५ पटक हेरिएको
Shares
मतदाताको कडा प्रहार: ७० प्रतिशत काभ्रेली उम्मेदवारको धरौटी नै जोगिएन

सारांश

  • काभ्रेपलाञ्चोक।
  • बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा काभ्रेको उम्मेदवारी दिएकामध्ये ८५ प्रतिशत उम्मेदवारको जमानत जफत हुने भएको छ ।
  • जिल्लाका २ क्षेत्रका ४२ उम्मेदवारमध्ये ३५ जनाको जमानत जफत हुने भएको हो ।

काभ्रेपलाञ्चोक। बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा काभ्रेको उम्मेदवारी दिएकामध्ये ८५ प्रतिशत उम्मेदवारको जमानत जफत हुने भएको छ । जिल्लाका २ क्षेत्रका ४२ उम्मेदवारमध्ये ३५ जनाको जमानत जफत हुने भएको हो । जिल्लाका कूल उम्मेदवारमध्ये कतिपयले १० मतसमेत कटाउन सकेनन् । काभ्रेमा तीन लाख २६ हजार ६११ मतदाता छन् । यद्यपि जिल्लाका दुवै क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी भएका छन् । काभ्रे–१ मा १८ उम्मेदवारमध्ये १४ उम्मेदवारको जमानत जफत भएको छ । यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवारबाहेक सबै उम्मेदवारको जमानत जफत भएको हो ।

कूल एक लाख ६१ हजार एक सय मतदाता रहेको यस क्षेत्रमा ९१ हजार १०१ मत खसेको थियो । त्यसमध्ये ८७ हजार १२४ मत सदर तथा चार हजार ९७७ मत बदर भयो । यस क्षेत्रका सात उम्मेदवारले १०० मतसमेत कटाउन सकेनन् । जनता समाजवादी पार्टी नेपालका मानबहादुर तामाङले ७१, नेपाल मजदुर किसान पार्टीका राजु तामाङले ५२ र प्रगतिशील लोकतान्त्रिक पार्टीका ज्ञानेन्द्रकुमार श्रेष्ठले ५६ मत पाए ।
समावेशी समाजवादीका विनोद लामाले ५० मत, नेशनल रिपब्लिकन नेपालका भरत तामाङले ३५ मत, स्वतन्त्र उम्मेदवार जीवन लामाले ९४ तथा स्वतन्त्र उम्मेदवार युवराज चौलागाईंले सात मत प्राप्त गरेका थिए ।

यस क्षेत्रका समावेशी समाजवादीका विनोद लामा यौनिक अल्पसङ्ख्यक उम्मेदवार हुन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका नवराज सत्यालले ६९९ मत, श्रम संस्कृति पार्टीका धीराज लामाले २८७ मत, मङ्गल नेशनल अर्गनाइजेसनका कमलबहादुर लामाले १५६ मत, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का कान्छा तामाङले १४९, संयुक्त नागरिक पार्टीका रत्न लामाले ११४ तथा स्वतन्त्र उम्मेदवार राजेशकुमार श्रेष्ठले १६९ मत प्राप्त गरेका छन् ।

यस क्षेत्रमा रास्वपाका मधुकुमार चौलागाईंले २९ हजार ६९८ मत प्राप्त गरेर विजयी हुनुभएको छ । कांग्रेसका गुणराज मोत्तानले १९ हजार १६६, नेकपाका दिनानाथ गौतमले १४ हजार १८४ र एमालेका अमी तामाङले १३ हजार ८१४ मत प्राप्त गर्नुभएको छ । यस क्षेत्रमा उज्यालो नेपाल पार्टीका योगेन्द्र लामाले सात हजार ४०३ मत प्राप्त गरे पनि जमानत भने जोगाउन सकेनन् ।

यसैगरी कूल एक लाख ६५ हजार ५११ मतदाता रहेको क्षेत्र नं २ मा एक लाख चार हजार ६४२ मत खसेको थियो । त्यसमध्ये ९९ हजार ५८० मत सदर तथा पाँच हजार ६२ मत बदर भएको थियो । निर्वाचन क्षेत्रमा जम्मा सदर मतको दश प्रतिशतभन्दा कम मत पाउने उम्मेदवारको धरौटी जफत हुने प्रावधान अनुसार यस क्षेत्रमा २४ उम्मेदवारमध्ये २१ जनाको जमानत जफत हुने भएको छ ।
यस क्षेत्रका विजयी उम्मेदवार रास्वपाका बदन भण्डारी, नेपाली कांग्रेसका मधुप्रसाद आचार्य र एमालेका अशोक व्याञ्जूबाहेक सबै उम्मेदवारको जमानत जफत भएको छ । यस क्षेत्रमा नेकपाका उम्मेदवार बसुन्धरा हुमागार्इंले आठ हजार १०७ मत प्राप्त गर्दा जमानत भने जोगाउन सकेनन् । यस्तै उज्यालो नेपाल पार्टीका उम्मेदवार ज्योत्सना सैंजुले तीन हजार ७४९ तथा राप्रपाका रञ्जीव श्रेष्ठले एक हजार १२५ मत प्राप्त गर्दा जमानत जोगिएन ।

यसैबीच जिल्लास्थित मुख्य निर्वाचन कार्यालयको मत परिणामअनुसार अधिकांश उम्मेदवारले ५० मतसमेत कटाउन नसकेका हुन् । मतपरिणामअनुसार सबैभन्दा कम मत पाउने स्वतन्त्र उम्मेदवारमा केशवराज तिमिल्सिनाले ४, लेनिन विष्टले ८, गणेशप्रसाद अधिकारीले ११, विष्णुकुमार श्रेष्ठले १३, डिल्ली न्यौपानेले ३१, आशा तामाङले ५९ तथा मितेरी पार्टी नेपालका उम्मेदवार हरिबहादुर थापाले १०, नेशनल रिपब्लिकन नेपाल पार्टीका सुकमान तामाङले १५, सीताराम मैनालीले २१, उमेश थापाले २६, मङ्गोल नेशनल अर्गनाइजेसनका उमेश लामाले २८, नेकपा संयक्तका राजन थापाले ३२, जनता समाजवादी पार्टीका रकम लामाले ३२, राष्ट्रिय जनमोर्चाका सुवर्णविक्रम थापाले ३९ मत प्राप्त गरेका हुन् ।

यस क्षेत्रको निर्वाचनमा रास्वपाका भण्डारीले ५३ हजार ३४४ मत ल्याई फराकिलो अन्तरले विजयी भने कांग्रेसका आचार्यले १७ हजार ८६८ र नेकपा एमालेका अशोक ब्याञ्जूले १३ हजार ९४० प्राप्त गरेका थिए ।

 

 

रासस

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल मेडिसिटीका ४० नर्सद्वारा इन्ट्रा–क्वीजमा सहभागिता
नेपाल मेडिसिटीका ४० नर्सद्वारा इन्ट्रा–क्वीजमा सहभागिता
रक्तचन्दनको कारोबार बन्द भयो त ? प्रशासन र प्रहरीको आ–आफ्नै तर्क
रक्तचन्दनको कारोबार बन्द भयो त ? प्रशासन र प्रहरीको आ–आफ्नै तर्क
प्रधानमन्त्री नियुक्त भएपछि बालेन आफैँले मन्त्री छनोट गर्नुहुन्छ, भनसुनमा नलाग्दा हुन्छः नेता शाह
प्रधानमन्त्री नियुक्त भएपछि बालेन आफैँले मन्त्री छनोट गर्नुहुन्छ, भनसुनमा नलाग्दा हुन्छः नेता शाह
फेरी हुम्ला केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको भूकम्प
फेरी हुम्ला केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको भूकम्प
आइपिएलः खेलाडी किनबेचको समय सकियो, कुन टिमले कसलाई बेचेर कसलाई किने ?
आइपिएलः खेलाडी किनबेचको समय सकियो, कुन टिमले कसलाई बेचेर कसलाई किने ?
नेपाल–भारत सीमा नाका आजदेखि बन्द हुने
नेपाल–भारत सीमा नाका आजदेखि बन्द हुने
तनहुँ जलविद्युत् आयोजनाः प्याकेज २ को काम धमाधम
तनहुँ जलविद्युत् आयोजनाः प्याकेज २ को काम धमाधम
केन्द्र सरकार र स्थानिय सरकार बिच विबाद !
केन्द्र सरकार र स्थानिय सरकार बिच विबाद !
सांसद पौडेलको प्रश्न : उत्तरगङ्गा जलाशययुक्त परियोजना कता हरायो ?
सांसद पौडेलको प्रश्न : उत्तरगङ्गा जलाशययुक्त परियोजना कता हरायो ?
यि हुन आईतबार बसेको मन्त्रिपरिषद बैठकको निर्णयहरू !
यि हुन आईतबार बसेको मन्त्रिपरिषद बैठकको निर्णयहरू !

तपाईंले छुटाउनुभयो कि?