यि हुन आईतबार बसेको मन्त्रिपरिषद बैठकको निर्णयहरू !

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ २०, २०७५
|
|
२४ पटक हेरिएको
Shares
यि हुन आईतबार बसेको मन्त्रिपरिषद बैठकको निर्णयहरू !

सारांश

  • काठमाडौं, २० जेठ ।
  • नेपालले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) संगठनको चौथो शिखर सम्मेलन नेपालमा गर्न प्रस्ताव गर्ने भएको छ ।
  • आईतबार बसेको मन्त्रिपरिषद बैठक सो संगठनका सदस्य राष्ट्रहरुलाई आगामी भदौ दोश्रो या तेश्रो हप्ता चौथो शिखर सम्मेलन गर्ने प्रस्ताव राख्ने निर्णय गरेको हो ।

काठमाडौं, २० जेठ । नेपालले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) संगठनको चौथो शिखर सम्मेलन नेपालमा गर्न प्रस्ताव गर्ने भएको छ ।

आईतबार बसेको मन्त्रिपरिषद बैठक सो संगठनका सदस्य राष्ट्रहरुलाई आगामी भदौ दोश्रो या तेश्रो हप्ता चौथो शिखर सम्मेलन गर्ने प्रस्ताव राख्ने निर्णय गरेको हो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले अाइतबार को बैठकले बिमस्टेकको चौथो शिखर सम्मेलन नेपालमा गर्न प्रस्ताव गर्ने निर्णय गरेको जानकारी दिए ।

त्यस्तै बैठकले विद्यार्थी भर्ना अभियानलाई फेरि दोहोर्याउने निर्णय गरेको छ ।

बैठकले काठमाडौं–तराई फाष्ट ट्रयाकको कामलाई थप तिव्रता दिनका लागि सम्बन्धित समितिलाई अनुगमन गर्न निर्देशन समेत दिएको मन्त्री महासेठले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?