नेपालको पूर्वाधार विकासमा दुई छिमेकी मुलुक भारत र चीनबीच प्रतिष्पर्धा;

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र ११, २०७४
|
|
२५ पटक हेरिएको
Shares
नेपालको पूर्वाधार विकासमा दुई छिमेकी मुलुक भारत र चीनबीच प्रतिष्पर्धा;

सारांश

  • ११ भदौ, काठमाडौं ।
  • काठमाडौंबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले विविध विषयहरुलाई प्राथमिकता दिएर छापेका छन् ।
  • नेपालको पूर्वाधार विकासका लागि दुई छिमेकी मुलुक भारत र चीनबीच प्रतिष्पर्धा देखिएको खबर आजका पत्रिकामा पढ्न पाइन्छ ।

११ भदौ, काठमाडौं । काठमाडौंबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले विविध विषयहरुलाई प्राथमिकता दिएर छापेका छन् ।

नेपालको पूर्वाधार विकासका लागि दुई छिमेकी मुलुक भारत र चीनबीच प्रतिष्पर्धा देखिएको खबर आजका पत्रिकामा पढ्न पाइन्छ ।

मंसिरको चुनावी तयारी सुरु भएको र आयोगमा ६४ दल दर्ता भएको विषयलाई पनि आज पत्रपत्रिकाहरुले स्थान दिएर लेखेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको सफलता–विफलताबारेका सामग्री पनि पत्रपत्रिकाका पहिलो पृष्ठमा अटाएका छन् ।

प्रदेश २ मा हुने तेस्रो चरणको स्थानीय निर्वाचनअगावै बाढीपहिरोबाट क्षतिग्रस्त सडक पुल मर्मत तथा पुनर्निर्माण गर्ने जिम्मा सरकारले सेनालाई दिएको छ । यो विषयलाई पनि आजका केही पत्रिकाले समेटेका छन् । यसका अलावा सडक दुर्घटनाको भयाभव अवस्थादेखि आयल निगमको जग्गा खरिदमा भएका घोटालासम्मका खबर पत्रपत्रिकामा छन् ।

गोरखापत्र दैनिकले आज मंसिरको चुनावी तयारी सुरु भएको उल्लेख गर्दै निर्वाचन आयोगमा ६४ दल दर्ता भएको लेखेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण नेपालको हितमा रहेको भनेर विज्ञले व्यक्त गरेको धारणा छापेको गोरखापत्रले प्रदेश नं. २ को चुनावी माहोल तातेको विषयलाई एंकर बनाएको छ ।

अन्नपूर्ण पोस्ट दैनिकले नेपालको पूर्वाधार विकासमा दुई दुई छिमेकी देश चीन र भारतबीच प्रष्तिपर्धा चलेको लेखेको छ । अन्नपूर्ण पोस्ट दैनिकका अनुसार भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबकादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच हस्ताक्षर भएको संयुक्त विज्ञप्तिमा परेको विकासका कार्यक्रमले यस्तो प्रतिष्पर्धा चलेको देखाएको छ । स्थानीय तहमा तत्काल १६ हजार कर्मचारी अपुग भएको, ठेकेदार मन्त्री बनिसक्दा पनि प्युठानमा स्वास्थ्य चौकी नबनेकोलगायतका खबर अन्नपूर्णको पहिलो पृष्ठमा अटाएको छ ।

क्षतिग्रस्त सडक–पुल मर्मत तथा निर्माणको जिम्मा सरकारले सेनालाई दिएको विषयलाई कान्तिपुरले मुख्य खबर बनाएर छापेको छ । आवासीय भवनमा नेशनल मेडिकल कलेज सञ्चालन भइरहेको खबरलाई पनि कान्तिपुरले आज प्राथमिकताका साथ प्रकाशित गरेको छ ।

नागरिक दैनिकले राज्यमन्त्रीहरु कार्यकक्ष र आवास नपाएर हरिविजोग भएको लेखेको छ भने नयाँ पत्रिका दैनिकले दुर्घटनाको भयावह स्थितिबारे एक रिपोर्ट प्रकाशित गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?