राष्ट्रिय सभा निर्वाचनमा नेकपा–राजपा गठबन्धनको ‘क्लिनस्वीप’

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ १०, २०७६
|
|
५० पटक हेरिएको
Shares
राष्ट्रिय सभा निर्वाचनमा नेकपा–राजपा गठबन्धनको ‘क्लिनस्वीप’

सारांश

  • काठमाडौं।
  • राष्ट्रिय सभाका एक चौथाई सदस्यका लागि बिहीबार भएको चुनावमा सत्तारुढ दल नेकपा र मधेश केन्द्रित दल राष्ट्रिय जनता पार्टी (राजापा)को गबठन्धनले क्लिनस्वीप गरेको छ।
  • १८ सदस्यका लागि भएको चुनावमा १८ वटै सिटमा यो गठबन्धनले जित हात पारेको हो।

काठमाडौं। राष्ट्रिय सभाका एक चौथाई सदस्यका लागि बिहीबार भएको चुनावमा सत्तारुढ दल नेकपा र मधेश केन्द्रित दल राष्ट्रिय जनता पार्टी (राजापा)को गबठन्धनले क्लिनस्वीप गरेको छ।

१८ सदस्यका लागि भएको चुनावमा १८ वटै सिटमा यो गठबन्धनले जित हात पारेको हो। यो चुनाव परिणामसँगै दयनीय अवस्थामा रहेको प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस झन दयनीय अवस्थामा पुगेको छ। यो चुनावबाट काँग्रेसले आफ्नो ७ सिट गुमाएको छ।

निर्वाचन आयोगका अनुसार १६ सिटमा नेकपाका उम्मेदवार विजयी भएका छन् भने २ सिटमा राजपाका उम्मेदवार विजयी भएका छन्।

प्रदेश सभा सदस्य र स्थायीय तहका प्रमुख उपप्रमुखले मतदान गर्ने यो चुनावमा काँग्रेसले नराम्रो पराजय भोगेको हो। यद्यपी चुनाव अगाडि नै काँग्रेसको हार निश्चित जस्तै थियो। प्रदेश नम्बर २ मा काँग्रेसले समाजवादी पार्टीसँग गठबन्धन गरे पनि जित निकाल्न भने सकेन। त्यहाँ नेकपा र राजापाको गठबन्धनले जित हात पारेको हो।

निर्वाचन आयोगका अनुसार प्रदेश नम्बर १ बाछ नेकपाका उम्मेदवारहरु गोपी अछामी र इन्दु गौतम र देवेन्द्र दाहाल विजयी भएका छन्। यस्तै प्रदेश नम्बर २ बाट राजापाका मृगेन्द्रसिंह यादव र शेखर सिंह विजयी भए। यस्तै सोही प्रदेशबाट नेकपाका तुलसा दाहाल र राधेश्याम पासवान विजयी भए।

बागमती प्रदेशबाट नेकपाका उम्मेदवारहरु गंगाकुमारी बेल्बासे र वेदुराम भुसाल विजयी भए। यस्तै गण्डकी प्रदेशबाट नेकपाकै नारायणकाजी श्रेष्ठ र भगवती न्यौपाने विजयी भए। यस्तै प्रदेश नम्बर ५ बाट नेकपाकै विमला घिमिरे, जगतप्रसाद शर्मा र गोपाल भट्टराई विजयी भए।

यस्तै कर्णाली प्रदेशबाट नेकपाकै मायाप्रसाद शर्मा र सुमित्रा विसी विजयी भए। यस्तै सुदूरपश्चिम प्रदेशबाट नेकपाकै तारामान स्वार र शारदा भट्ट विजयी भएका छन्।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले सबै स्थानमा शान्तिपूर्ण मतदान भएको र निर्वाचन परिणाम पनि आइसकेको जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालको एक इन्च भूमि पनि अतिक्रमण हुन दिइने छैन : परराष्ट्रमन्त्री साउद
नेपालको एक इन्च भूमि पनि अतिक्रमण हुन दिइने छैन : परराष्ट्रमन्त्री साउद
एमालेले बदर मत हेर्न खोजेपछि धनुषा ४ मा फेरि मतगणना स्थगित
एमालेले बदर मत हेर्न खोजेपछि धनुषा ४ मा फेरि मतगणना स्थगित
यसरी हुदैछ गालीगलौजमा कडा प्रतिस्पर्धा
यसरी हुदैछ गालीगलौजमा कडा प्रतिस्पर्धा
राष्ट्रपतिलाई गाडी किन्न खोज्दा मिडियाले देखि सहेनन् : रक्षामन्त्री
राष्ट्रपतिलाई गाडी किन्न खोज्दा मिडियाले देखि सहेनन् : रक्षामन्त्री
संचारमन्त्रीको देउवालाई जवाफ : भारतीय नेतृत्वसँग बसेर के भन्नु भयो?
संचारमन्त्रीको देउवालाई जवाफ : भारतीय नेतृत्वसँग बसेर के भन्नु भयो?
मलेसियामा मानसिक सन्तुलन गुमेपछि…
मलेसियामा मानसिक सन्तुलन गुमेपछि…
वाइडबडी प्रकरणः प्रतिवेदनमाथि नै सांसदहरुको प्रश्न, पर्यटनमन्त्रीको बचाऊ
वाइडबडी प्रकरणः प्रतिवेदनमाथि नै सांसदहरुको प्रश्न, पर्यटनमन्त्रीको बचाऊ
Mostbet Uzbekistan Официальный сайт спортивных ставок и онлайн-казино UZ 202
श्रीमती बलात्कार गर्ने भक्तपुरमा पक्राउ
श्रीमती बलात्कार गर्ने भक्तपुरमा पक्राउ
प्रेस सङ्गठनले २० गतेभित्र जिल्ला र प्रदेश कमिटी टुङग्याउने
प्रेस सङ्गठनले २० गतेभित्र जिल्ला र प्रदेश कमिटी टुङग्याउने