शान्तिप्रियलाई नवीन कला सम्मान

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २२, २०७५
|
|
२५ पटक हेरिएको
Shares
शान्तिप्रियलाई नवीन कला सम्मान

सारांश

  • काठमाडौं,२२ मंसिर ।
  • विगत ६२ वर्षदेखि नेपालीकला, साहित्य तथा संस्कृतिका क्षेत्रमा क्रियाशिल संस्था नवीन कला मन्दिरले प्रसिद्ध चलचित्र पत्रकार तथा गीतकार शान्तिप्रियलाई सम्मान गरेको छ ।
  •   काठमाडौंमा आयोजित नवीन कला सम्मान एवम् सांस्कृतिक कार्यक्रमका विच शान्तिप्रियलाई नवीन कला सम्मान गरिएको हो ।

काठमाडौं,२२ मंसिर । विगत ६२ वर्षदेखि नेपालीकला, साहित्य तथा संस्कृतिका क्षेत्रमा क्रियाशिल संस्था नवीन कला मन्दिरले प्रसिद्ध चलचित्र पत्रकार तथा गीतकार शान्तिप्रियलाई सम्मान गरेको छ ।  काठमाडौंमा आयोजित नवीन कला सम्मान एवम् सांस्कृतिक कार्यक्रमका विच शान्तिप्रियलाई नवीन कला सम्मान गरिएको हो । वि.सं. २०१३ सालमा स्थापना भएको नवीन कला मन्दिरले आफ्नो ६२ औं वार्षिकोत्सवका अवसरमा सम्मान प्रदान गरेको हो । कार्यक्रममा प्रसिद्ध गीतकार रत्न शम्शेर थापा, प्रसिद्ध गायिका ज्ञानु राणा एवम् प्रसिद्ध अभिनेत्री शकुन्तला शर्मा सहित शान्तिप्रिय सम्मानीत भएका हुन् ।

सांस्कृतिक जागरण हाम्रो अभियान मुल नाराका साथ अघि बढेको नवीन कला मन्दिरले गरेको यस सम्मान कार्यक्रमका प्रमुख अतिथी काठमाडौं महानगरपालीकाका मेयर विद्या सुन्दर शाक्य थिए ।
रंग पत्रकार प्रियलाई विगत साढे दुई दशक देखि अनवरत रुपमा रंग पत्रकारिता एवं गीत लेखनका माध्यमबाट नेपालीकला संस्कृति, चलचित्र तथा गीत संगीत क्षेत्रको श्रीवृद्धिका निम्ती महत्वपूर्ण योगदान पु¥याए वापत योगदानको उच्च मूल्यांकन गर्दै सम्मान गरिएको संस्थाले बताएको छ ।
कार्यक्रमका अध्यक्षका रुपमा संस्थाका अध्यक्ष निर्मल रिमाल थिए भने कार्यक्रमको संचालन गायक÷संगीतकार नरहरी प्रेमीले गरेका थिए ।  

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?