गरिबलाई न्याय हुने भवन निर्माणमा नयाँ अवधारणा ल्याइने
सारांश
- जनकपुरधाम, १३ भदौ ।
- शहरी विकासमन्त्री प्रभु साहले आयोजनाको ठेक्का लिई भाग्ने र लुक्ने ठेकेदारलाई कानुनी दायरामा ल्याउने कार्यमा सबैको सहयोगको खाँचो औँल्याउनुभएको छ ।
- मन्त्रालयद्वारा आज जनकपुरधाममा आयोजित रुग्ण आयोजनासम्बन्धी छलफल कार्यक्रममा उहाँले आयोजनालाई पारदर्शी नबनाइएका कारण पनि बिचौलियाले मौलाउने अवसर पाएको उल्लेख गर्नुभयो ।
जनकपुरधाम, १३ भदौ । शहरी विकासमन्त्री प्रभु साहले आयोजनाको ठेक्का लिई भाग्ने र लुक्ने ठेकेदारलाई कानुनी दायरामा ल्याउने कार्यमा सबैको सहयोगको खाँचो औँल्याउनुभएको छ ।
मन्त्रालयद्वारा आज जनकपुरधाममा आयोजित रुग्ण आयोजनासम्बन्धी छलफल कार्यक्रममा उहाँले आयोजनालाई पारदर्शी नबनाइएका कारण पनि बिचौलियाले मौलाउने अवसर पाएको उल्लेख गर्नुभयो ।
मन्त्री साहले आयोजनालाई रुग्ण पार्नेमा ठेकेदार, डिभिजन, मन्त्रालय र विभागका कर्मचारीसमेतको संलग्नता देखिएकाले यसको सही उपचारको आवश्यकता छ भन्दै गैरजिम्मेवार सबैलाई कारबाही गर्नु जरुरी रहेको धारणा राख्नुभयो ।
जनकपुरका आयोजनामा समन्वयको अभाव देखिएको बताउँदै उहाँले जनता आवास कार्यक्रमअन्तर्गत निर्माण गरिएका कतिपय भवन अन्यायपूर्ण ढङ्गले निर्माण गरिएकाले गरिबलाई न्याय हुने भवन निर्माणतर्फ नयाँ अवधारणा कार्यान्वयन गर्ने गृहकार्य भइरहेको जानकारी पनि उहाँले दिनुभयो ।
प्रतिक्रिया