माछा लोप हुन थालेपछि करेन्टमा प्रतिबन्ध

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर १३, २०७६
|
|
४८ पटक हेरिएको
Shares
माछा लोप हुन थालेपछि करेन्टमा प्रतिबन्ध

सारांश

  • करेन्ट लगाएर माछा मार्ने क्रम बढेपछि ब्यास नगरपालिका–५ ले त्यसरी माछा मार्न प्रतिबन्ध लगाएको छ ।
  • करेन्टको प्रयोगले नदीमा माछा लोप हुन थालेपछि वडा कार्यालयले माछा मार्न प्रतिबन्ध लगाएको हो ।
  • वडा अन्तर्गत पर्ने मादी, सेती, साङ्गे खोला र प्राकृतिक तालमा विस्फोटक पदार्थ विषादी तथा विद्युतीय प्रक्रियाबाट माछा मारे कारवाही गरिने वडाध्यक्ष एवं नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

करेन्ट लगाएर माछा मार्ने क्रम बढेपछि ब्यास नगरपालिका–५ ले त्यसरी माछा मार्न प्रतिबन्ध लगाएको छ । करेन्टको प्रयोगले नदीमा माछा लोप हुन थालेपछि वडा कार्यालयले माछा मार्न प्रतिबन्ध लगाएको हो ।

वडा अन्तर्गत पर्ने मादी, सेती, साङ्गे खोला र प्राकृतिक तालमा विस्फोटक पदार्थ विषादी तथा विद्युतीय प्रक्रियाबाट माछा मारे कारवाही गरिने वडाध्यक्ष एवं नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो । गैरकानूनी तरिकाले माछा समात्ने र मार्ने व्यक्तिलाई रु दुई हजारदेखि रु पाँच हजारसम्म जरिवाना वा जलचर ऐन बमोजिम कडा कारवाही गरिने उहाँले बताउनुभयो ।

“करेन्ट लगाएर माछा मार्ने क्रम बढेसँगै नदीमा माछा लोप हुँदै गएका छन्”, उहाँले भन्नुभयो, “यस्ता कार्यलाई नियन्त्रण गर्न लागिपरेका छौ ।” वडाध्यक्ष श्रेष्ठका अनुसार नदीमा करेन्ट प्रयोग गरे÷नगरेकोबारे अनुगमन भइरहेको छ । माछा मार्नका लागि जालको प्रयोगलाई भने खुला गरिएको छ ।
–––

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?