अवैध लागूऔषध बरामद तथा अभियुक्त पक्राउ
सारांश
- काठमाडौं, १६ भदौ काठमाडौं ः चन्द्रगिरी नगरपालिका–२ नागढुङ्गा चेकपोष्टमा बीरगंजबाट काठमाडौंतर्फ आउदै गरेको ना.
- ६ ख १४६१ नम्बरको बस शुक्रबार जाँच गर्ने क्रममा बसको डिकीमा बेवारिसे अबस्थामा रहेको लागूऔषध फेनारगन ३० एम्पुल, नुफिल ३० एम्पुल, डाइजोल्याप ३० एम्पुल फेला पारी प्रहरीले बरामद गरेको छ ।
- मकवानपुर ः राक्सीराङ–५ कुतासिंहबाट पर्साको बीरगंज उपमहानगरपालिका–९ बस्ने ४७ वर्षीय श्रीकृष्ण आर्चायलाई अवैध लागूऔषध ३ केजी गाँजा सहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं, १६ भदौ
काठमाडौं ः चन्द्रगिरी नगरपालिका–२ नागढुङ्गा चेकपोष्टमा बीरगंजबाट काठमाडौंतर्फ आउदै गरेको ना.६ ख १४६१ नम्बरको बस शुक्रबार जाँच गर्ने क्रममा बसको डिकीमा बेवारिसे अबस्थामा रहेको लागूऔषध फेनारगन ३० एम्पुल, नुफिल ३० एम्पुल, डाइजोल्याप ३० एम्पुल फेला पारी प्रहरीले बरामद गरेको छ ।
मकवानपुर ः राक्सीराङ–५ कुतासिंहबाट पर्साको बीरगंज उपमहानगरपालिका–९ बस्ने ४७ वर्षीय श्रीकृष्ण आर्चायलाई अवैध लागूऔषध ३ केजी गाँजा सहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मनहरीबाट गाँजा फडानीको लागि खटिई गएको प्रहरी टोलीले उनलाई गाँजासहित फेला पारी पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया