पहिलोपटक वेबसिरिजमा देखिदैँ श्वेता, पोस्टर सार्वजनिक

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष १८, २०७४
|
|
३२ पटक हेरिएको
Shares
पहिलोपटक वेबसिरिजमा देखिदैँ श्वेता, पोस्टर सार्वजनिक

सारांश

  • काठमाडौं, पुस १८ ।
  • नायिका श्वेता खड्का अभिनित वेबसिरिज ‘टेन्सन फ्रि’को पोस्टर सार्वजनिक गरिएको छ ।
  • पहिलो भागमा अतिथी कलाकारको रुपमा देखिन लागेकी श्वेता अभिनित वेबसिरिजको पोस्टर मंगलबार सार्वजनिक गरिएको हो ।

काठमाडौं, पुस १८ । नायिका श्वेता खड्का अभिनित वेबसिरिज ‘टेन्सन फ्रि’को पोस्टर सार्वजनिक गरिएको छ । पहिलो भागमा अतिथी कलाकारको रुपमा देखिन लागेकी श्वेता अभिनित वेबसिरिजको पोस्टर मंगलबार सार्वजनिक गरिएको हो ।

‘गज्जब टिभी’ नामक युट्युब च्यानलबाट छिट्टै सार्वजनिक हुने वेबसिरिजमा प्रेम र प्रेमिल जोडीका रमाईला किस्साहरुलाई देखाईने निर्माण पक्षले बताएको छ ।

शुभ मिडिया होमको प्रस्तुतीमा सन्देश लामिछानेले निर्देशन गरेको वेबसिरिजमा रमेश गजुरेलको कथा रहेको छ । गोकुल अधिकारीको सिनेम्याटोग्राफीमा निर्माण हुन लागेको वेबसिरिज ‘टेन्सन फ्रि’मा बिष्णु बुुढाथोकीको कन्सेप्ट छ ।

सार्वजनिक वेबसिरिजको पोस्टरमा कलाकार सुवोध गौतम र बिष्णु बुढाथोकीको बीचमा मोडल प्रतिक्षा खतिवडा छिन् । पोस्टरमा प्रतिक्षाको हात सुवोधले समातेका छन् भने स्कर्टको खल्तीमा बिष्णुले केहि राख्दै गरेको देख्न सकिन्छ ।

अशोक चौधरीको सम्पादमा बन्न लागेको वेब सिरिजमा बिष्णु, सुबोध, प्रतिक्षाको अलावा नारायण नेपाल र निरज रजौरेको अभिनय रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?