दूरसञ्चारका कर्मचारीले जहाजै नचढी टिकटको पैसा लिएपछि …
सारांश
- काठमाडौं ।
- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकम दूरसञ्चार कार्यालय घोराही, दाङमा कार्यरत कर्मचारीहरुले यात्रा नै नगरी कम्पनीको ऐन नियम विपरीत दैनिक भ्रमण भत्ता लिएको भन्दै मुद्दा दर्ता गरेको छ ।
- दूरसञ्चार कार्यालय दाङमा कार्यरत तत्कालीन सहायक प्राविधिक अधिकृत अनिलकुमार आचार्य, तत्कालीन प्राविधिक अधिकृत विकलकुमार श्रेष्ठ र तत्कालीन कार्यालय प्रमुख प्राविधिक अधिकृत राजबहादुर सिंहले हवाईजहाजबाट यात्रा नै नगरी यात्रा गरेको भनी झुट्टा टिकट बनाई कार्यालयमा पेश गरी रकम भुक्तानी लिएको अख्तियारको दाबी छ ।
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकम दूरसञ्चार कार्यालय घोराही, दाङमा कार्यरत कर्मचारीहरुले यात्रा नै नगरी कम्पनीको ऐन नियम विपरीत दैनिक भ्रमण भत्ता लिएको भन्दै मुद्दा दर्ता गरेको छ ।
दूरसञ्चार कार्यालय दाङमा कार्यरत तत्कालीन सहायक प्राविधिक अधिकृत अनिलकुमार आचार्य, तत्कालीन प्राविधिक अधिकृत विकलकुमार श्रेष्ठ र तत्कालीन कार्यालय प्रमुख प्राविधिक अधिकृत राजबहादुर सिंहले हवाईजहाजबाट यात्रा नै नगरी यात्रा गरेको भनी झुट्टा टिकट बनाई कार्यालयमा पेश गरी रकम भुक्तानी लिएको अख्तियारको दाबी छ ।
उनीहरुले लिएको भत्तासहित जरिवाना र कैद सजाय हुन मागदाबी सहित अख्तियारले सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया