उपत्यकामा फोहरको थुप्रो, महानगरपालिकाले फोहर व्यवस्थापन गर्न सकेन

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र २४, २०७४
|
|
३४ पटक हेरिएको
Shares
उपत्यकामा फोहरको थुप्रो, महानगरपालिकाले फोहर व्यवस्थापन गर्न सकेन

सारांश

  • काठमाडौँ, २४ भदौ ।
  • उपत्यकाका नदी र चक्रपथ सफाइ गरी जम्मा गरिएको फोहर नदी किनार एवं सडकमै थुपारिएको छ ।
  • एक साता अघिदेखि काठमाडौँ महानगरपालिकाले उपत्यकाको फोहर व्यवस्थापन गर्न नसक्दा वाग्मती सफाइ महाअभियानलगायत नदी र चक्रपथ सफाइ अभियानले आज सफाइ गरी संकलन भएको फोहर नदी किनार र मूल सडकमा थुपार्नुपरेको हो ।

काठमाडौँ, २४ भदौ । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी जम्मा गरिएको फोहर नदी किनार एवं सडकमै थुपारिएको छ ।

एक साता अघिदेखि काठमाडौँ महानगरपालिकाले उपत्यकाको फोहर व्यवस्थापन गर्न नसक्दा वाग्मती सफाइ महाअभियानलगायत नदी र चक्रपथ सफाइ अभियानले आज सफाइ गरी संकलन भएको फोहर नदी किनार र मूल सडकमा थुपार्नुपरेको हो ।

वाग्मती सफाइ महाअभियानको २२६ औँ हप्तामा आज सिनामंगल पुलमा सफाइ गरी पाँच मेट्रिक टन फोहर थुपारियो ।

सो अवसरमा नेपालका लागि युरोपेली संघका राजदूत रिन्चे टिरिङलाई बिदाइसहित सम्मान गरिएको सफाइ महाअभियानका प्रवक्ता उमेश बोहराले राससलाई जानकारी दिनुभयो । उहाँ यही हप्ता बंगलादेश जानुहुनेछ ।

सफाइका क्रममा सिनामंगलदेखि जागृतिनगरसम्म जनचेतनामूलक अभियान पनि सञ्चालन गरिएको छ । सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिकालगायत संस्थाको सहभागिता थियो ।

गुह्येश्वरीमाथिको वाग्मती सफाइको १८७ औँ हप्तामा आज गोठाटार पुल क्षेत्रमा सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा पुडासैनी मैत्री समाज र राम्रो जोरपाटी हाम्रो जोरपाटीलगायत संस्थाका १०० जनाभन्दा बढीको सहभागिता थियो ।

रुद्रमती सफाइको १८५ औँ हप्तामा आज रातोपुलदेखि गौशालासम्म जचेतनामूलक अभियानसहित सफाइ गरियो । गौशालाबाट निस्किइ सडकमा बगिरहेको ढल सो अवसरमा व्यवस्थापन गरिएको थियो । सफाइमा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा र काठमाडौँ महानगरपालिका–३० का अध्यक्ष दलबहादुर कार्कीलगायतको पनि उपस्थिति थियो ।

विष्णुमती सफाइको १५७ औँ हप्तामा धादिङ बसपार्क क्षेत्रमा जनचेतनासहित सफाइ गरियो । ३०० जनाको सहभागितामा भएको सफाइमा चार मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।

चक्रपथ सफाइको २२ औँ हप्तामा बसुन्धरा–गोंगबु नयाँ बसपार्क क्षेत्रका रुखमा पाँच फिटसम्म रङ लगाएर सफाइ गरियो । ३०० जनाको सक्रियतामा सफाइ गरी आठ मेट्रिक टन फोहर व्यवस्थापन भयो ।

यसैगरी चक्रपथको सीतापाइला बाफल क्षेत्रमा पनि आज तेस्रो हप्ताको सफाइ गरिएको सफाइ महाअभियानले जनाएको छ । आलोक नगरस्थित वाग्मती नदी किनारमा गरिएको २२ औँ हप्तामा मीनभवन क्षेत्रमा जनचेतनामूलक सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा ७५ जना महिलाको सक्रियता थियो ।

मनोहरा नदी सफाइको दोस्रो हप्ता आज विशेष सफाइ कार्यक्रम गरियो । कार्यक्रममा संघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री जनकराज चौधरीले नदी संरक्षण विधेयक पारित गर्न सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । सफाइमा सांसद दीपकप्रसाद कुइँकेल, सचिव दिनेशकुमार थपलिया, कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापालगायत अभियन्ताको सहभागिता थियो ।

शालिनदीदेखि वाग्मती दोभानसम्म ५२ हप्तामा सफाइ गरिसक्ने प्रतिबद्धता पनि सो अवसरमा जनाइयो । आजको सफाइबाट चार मेट्रिक टन फोहर व्यवस्थापन गरियो । यसैगरी इन्द्रमती सफाइ अभियानको दोस्रो हप्ता आज नदीको बल्खु क्षेत्रमा सफाइ गरी आठ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा ३०० अभियानकर्मीको सहभागिता थियो ।

गत हप्तादेखि राति सफाइ गरिँदै आएको पशुपति क्षेत्रमा आइतबारदेखि दिउँसो १ बजेदेखि बेलुकी ८ बजेसम्म सफाइ गरिने सफाइ महाअभियानले जनाएको छ । विसं २०७० जेठ ५ गते शनिबारदेखि शुरु भएको वाग्मती सफाइ महाअभियानबाट प्रेरित भई हालसम्म मुलुकका २६ शहरका नदी सफाइ पनि शुरु भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्मला पन्तका बुबालाई सडकमार्गबाटै काठमाडौँ ल्याइदै
निर्मला पन्तका बुबालाई सडकमार्गबाटै काठमाडौँ ल्याइदै
राजनीतिक अस्थिरता मान्य हुँदैन : खाँण
राजनीतिक अस्थिरता मान्य हुँदैन : खाँण
राष्ट्रपति पौडेल र स्वीट्जरल्याण्डका राष्ट्रपति एमहर्डबीच भेटवार्ता
राष्ट्रपति पौडेल र स्वीट्जरल्याण्डका राष्ट्रपति एमहर्डबीच भेटवार्ता
‘तराई मधेशको समृद्धिसँग प्रधानमन्त्रीे कार्यक्रम’ ल्याउन माग
‘तराई मधेशको समृद्धिसँग प्रधानमन्त्रीे कार्यक्रम’ ल्याउन माग
छाला जुत्ता व्यवसाय सङ्कटमा
छाला जुत्ता व्यवसाय सङ्कटमा
अब नवराज सिलवाल ९२ देशको प्रहरीको निगरानीमा
अब नवराज सिलवाल ९२ देशको प्रहरीको निगरानीमा
२१ हजार आठ सय २२ मेट्रिकटन मल बिक्री
२१ हजार आठ सय २२ मेट्रिकटन मल बिक्री
सार्क क्षयरोग केन्द्रमा ठुलो घोटला : बस्नेतकै नक्कली शैक्षिक प्रमाणपत्र
सार्क क्षयरोग केन्द्रमा ठुलो घोटला : बस्नेतकै नक्कली शैक्षिक प्रमाणपत्र
योग्यता र पारदर्शिताको नयाँ मानक: सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा स्थापित प्राज्ञिक नेतृत्व चयन
योग्यता र पारदर्शिताको नयाँ मानक: सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा स्थापित प्राज्ञिक नेतृत्व चयन
ओली र प्रचण्डलाई बाँदर भन्दै बाबुराम भट्टराईले गरे यस्तो ट्वीट !
ओली र प्रचण्डलाई बाँदर भन्दै बाबुराम भट्टराईले गरे यस्तो ट्वीट !

तपाईंले छुटाउनुभयो कि?