रक्सी, मासु र पैसाले मतदाता प्रभावित बनाइँदै छ : दाहाल

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र २७, २०७४
|
|
२२ पटक हेरिएको
Shares
रक्सी, मासु र पैसाले मतदाता प्रभावित बनाइँदै छ : दाहाल

सारांश

  • सिन्धुलीमाढीमा सोमबार पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष दाहालले रक्सी भण्डारण गरेर राखी वितरण गर्ने, दशौं टन मासु बाँड्ने र महिलालाई साडी र त्यो भित्र एकहजारका दरले बाँडेर भोट किनिरहेको आफूलाई सूचना आएको जानकारी दिए ।
  • दुई साता देखि आफू तराइमा नै रहेको र माओवादीलाई एक नम्बरको बनाएर छाड्ने अठोट लिएको अध्यक्ष दाहालको भनाइ थियो ।
  •   माओवादी केन्द्रमा प्रवेश गर्नेको लहर हेर्दा एक नम्बर बन्छ भन्ने लागेता पनि ग्यारेन्टी भने नभएको उनले बताए ।

सिन्धुलीमाढीमा सोमबार पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष दाहालले रक्सी भण्डारण गरेर राखी वितरण गर्ने, दशौं टन मासु बाँड्ने र महिलालाई साडी र त्यो भित्र एकहजारका दरले बाँडेर भोट किनिरहेको आफूलाई सूचना आएको जानकारी दिए । दुई साता देखि आफू तराइमा नै रहेको र माओवादीलाई एक नम्बरको बनाएर छाड्ने अठोट लिएको अध्यक्ष दाहालको भनाइ थियो ।

 

माओवादी केन्द्रमा प्रवेश गर्नेको लहर हेर्दा एक नम्बर बन्छ भन्ने लागेता पनि ग्यारेन्टी भने नभएको उनले बताए । पुराना र मधेसवादी केही दलले चुनाव जित्नका लागि सबै हत्कण्डा प्रयोग गरेकाले त्यसको केही प्रभाव भने पर्ने अध्यक्ष दाहालले दाबी गरे ।

आफूले पहिला हिन्दी चलचित्रमा बुथ कव्जा गरेर भोट खसालेको हेरेको र त्यही दृश्य जस्ताको त्यस्तै हुने प्रशासकहरुले सुनाएको उनको भनाइ थियो । यो पटक कुनै हालतमा बुथ कब्जा नहुने उनले बताए ।

पहाडमा भन्दा तराइमा चुनावी लहर बढी पाएको बताउँदै अध्यक्ष दाहालले तराईका सबै मतदातामा उत्साह रहेको र टोल, टोलमा चुनावी रौनक रहेकाले अब संविधान कार्यान्वयन भैसकेको आभास आफूलाइ मिलेको प्रष्ट्याए । संघ र प्रदेशको चुनावमा पनि हिमाल, पहाड, तराइमा उस्तै उत्साह आउने अध्यक्ष दाहालको विश्वास थियो ।

 

प्रतिक्रिया

4 कमेन्ट

    Comment Author

    Nitya Raj Pathakm

    You have done that’s yours work don’t say to others

    Comment Author

    Amar Ghotane

    हो लुटेराले सहि कुरो गर्यो है!

    Comment Author

    Sabitra Gyawali

    Taro kam ta hola ne

    Comment Author

    Bishnu Mainali

    Jyanmarale sahi kuro bhanyo

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 4
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?