धरौटीमा छुटे ललिता निवास जग्गा प्रकरणका आरोपितहरु

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र २४, २०८०
|
|
२५ पटक हेरिएको
Shares
धरौटीमा छुटे ललिता निवास जग्गा प्रकरणका आरोपितहरु

सारांश

  • काठमाडौं ।
  • ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका १७ जनालाई धरोटीमा छोड्न का्ठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।
  • आइतबार जिल्ला न्यायाधीश भोलानाथ ढकालको एकल इजलासले यस्तो आदेश दिएको हो ।

काठमाडौं । ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका १७ जनालाई धरोटीमा छोड्न का्ठमाडौं जिल्ला अदालतले आदेश दिएको छ । आइतबार जिल्ला न्यायाधीश भोलानाथ ढकालको एकल इजलासले यस्तो आदेश दिएको हो ।

अदालतले केशव तुलाधरलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ भने शिवजी भट्टसँग ३ लाख ३० हजार धरौटी माग गरेको छ । त्यस्तै रुद्र कुमार श्रेष्ठसँग ७ लाख ५० हजार, बालकृष्ण श्रेष्ठसँग ७ लाख ५० हजार, कलाधर देउजासँग १५ लाख, लोकरि घिमिरेसँग ७ लाख ५० हजार, घमन कुमार कार्कीसँग ७ लाख ५० हजार र गोपाल कार्कीसँग ७ लाख ५० हजार धरौटी माग गरेको छ ।

अदालतले विनोद पौडेलसँग १५ लाख, योगराज पौडेलसँग ७ लाख ५० हजार, नारायणराज मिश्रसँग ७ लाख ५० हजार, अरुण कुमार श्रेष्ठसँग ७ लाख ५० हजार, ध्रुव प्रसाद अर्यालसँग ३ लाख ३० हजार, बाबुराजा महर्जनसँग १ लख १० हजार, देवनारायण महर्जनसँग १ लाख १० हजार, सकलानन्द महर्जनसँग १ लाख १० हजार, सञ्जय कुमार महर्जनसँग १ लाख १० हजार धरौटी माग गरेको छ ।

जिल्ला अदालतले भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङसहितका आरोपितहरुलाई छोड्न आदेश दिएको हो । अदालतले गुरुङसँग मात्रै २ करोड ४६ लाख रुपैयाँ धरौटी माग गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?