इतिहासमा आज : माओवादी केन्द्रका नेता पोष्टबहादुर बोगटीको निधन
सारांश
- २०७१ साल जेठ ३० गते अर्थात आज भन्दा तीन वर्ष अगाडि आजकै दिन माओवादीका नेता पोष्टबहादुर बोगटीको निधन भएको थियो ।
- नेपालका राजनीतिज्ञ तथा पूर्वमन्त्री थिए ।
- उनी संविधान सभा निर्वाचन १ मा नुवाकोट ३बाट प्रत्यक्ष तर्फ एकीकृत नेकपा माओवादीबाट विजयी भएका थिए ।
२०७१ साल जेठ ३० गते अर्थात आज भन्दा तीन वर्ष अगाडि आजकै दिन माओवादीका नेता पोष्टबहादुर बोगटीको निधन भएको थियो । नेपालका राजनीतिज्ञ तथा पूर्वमन्त्री थिए । उनी संविधान सभा निर्वाचन १ मा नुवाकोट ३बाट प्रत्यक्ष तर्फ एकीकृत नेकपा माओवादीबाट विजयी भएका थिए ।
संविधानसभा सदस्य पोष्टबहादुर बोगटी हाल एकीकृत नेकपा माओवादी केन्द्रको सचिव पनि थिए । नुवाकोटको तुप्चेका स्थायी बासिन्दा बोगटी आफ्नो घरजग्गा स्थानीय चण्डेश्वरी माध्यमिक विद्यालयलाई चन्दा दिएर २०५२ सालमा जनयुद्ध थालनीसंगै सपरिवार भूमिगत भएका थिए ।
८ कक्षा सम्म मात्र औपचारिक शिक्षा हासिल गरेका बोगटी पार्टी भित्र सहकारिता र समाजवादको ज्ञाता मानिन्थे । उनका छोरा रवि वोगटीको विद्रोह कै क्रममा हत्या भएको थियो । बोगटीका २ छोरी र श्रीमती छन् ।
प्रतिक्रिया