दवाडी भन्छन्, ‘१०/२० लाख एकैपटक सहयोग गरेको चाहिँ किन समाचार नबनाको ?’
सारांश
- सुजता मिश्र काठमाडौँ ।
- पछिल्लो समय गोरखाको राजनीतिमा निकै चर्चामा रहेको नाम हो प्रकाश चन्द्र दवाडी ।
- वैदेशिक रोजगारी र व्यवसायबाट आफ्नो जीवनस्तर उकास्दै अन्तत आफ्नै देश फर्किएर समाजसेवा अनि राजनीतिलाई एउटै रथमा राखेर गुडाउन अब्बल साबित गरेका दवाडीको जति समाजमा उनको चर्चा छ त्यति नै विरोध पनि ।
- सुजता मिश्र
काठमाडौँ । पछिल्लो समय गोरखाको राजनीतिमा निकै चर्चामा रहेको नाम हो प्रकाश चन्द्र दवाडी । वैदेशिक रोजगारी र व्यवसायबाट आफ्नो जीवनस्तर उकास्दै अन्तत आफ्नै देश फर्किएर समाजसेवा अनि राजनीतिलाई एउटै रथमा राखेर गुडाउन अब्बल साबित गरेका दवाडीको जति समाजमा उनको चर्चा छ त्यति नै विरोध पनि ।
पछिल्लो समय दवाडीलाई आगामी मंसिरमा हुने केन्द्रीय र प्रादेशीक निर्वाचनमा मतदातालाई प्रभावमा पार्न गोरखामा पैसा बाँडेको आरोप लगाईरहँदा दवाडी भन्छन्, ‘मैले हजार बाँडेको समाचार बनाउने साथीहरुले लाख÷लाख बाँडेको चाहिँ किन समाचार बनाएनन् ? भनेर झनै दुखेसो पोखे ।’
अधिकांश समय काठमाडौँ बस्ने दवाडी चुनावको बेलामा मात्र गाउँ जाने नेता हुन् भनेर समाचार छापिएको रहेछ तर मलाई यस्तो लाग्यो चुनावको बेलामा मात्र साथीहरुले प्रकाश चन्द्र दवाडीलाई गाउँमा देखेछन् तर म कहिले त महिनाको तीन पटकसम्म गाउँ आउँछु, टोल–टोल देखि जिल्ला स्तरसम्म भएका कुनै पनि कार्यक्रममा म छुटेको छैन होला । महिनाको एकपटक होइन कहिले त कति पटक ओहोरदोहोर गरियो थाहा नै हुँदैन । सायद साथीहरु त्यतिखेर काठमाडौँमै थिए होला ।
चुनावलाई लक्षित गरी आफ्नो पक्षमा पार्न पैसा बाँडियो भन्दा समाजसेवाको विरोध गर्ने र समाजलाई माथि उकास्न नदिने सधैँ आफैँ टाठाबाठा भई गरिब दिनदुःखीहरुलाई थिचोमिचोमा राख्ने र जालझेल गरेर सधैँ आफ्नो स्वार्थ पुरा गर्नेहरुलाई हाइसञ्चो होला तर मलाई भने कदापि हुने छैन ।
दवाडी भन्छन्, ‘राजनीति गरेर समाजलाई ठग्ने धेरै छन् मैले त समाजसेवा गर्दै राजनीति गरे । एकल महिलालाई साथ दिने को हुन्छ ? उहाँको गास बास र कपासको लागि आफूले सकेको सहयोग गरे । पहिले महिलाहरु पिडित थिए, पारिवारिक कलह सामाजिक बहिष्कारलगायतका अन्य पीडाको जन्जिरले बाँधिएका थिए, अहिले आमा समूह बनाउन सक्ने भए आफ्नो अधिकारको लागि लड्न सक्ने भए, मेला पर्म गरेको पैसा जम्मा गरेर सामाजिक कार्यमा लगाउन सक्ने भए सामूहिक कृषि पेशा, मिल, सहकारीलगायत अन्य काममा लगानी गरि आफ्नो खुट्टामा आफैँ टेक्न सक्ने भए हो मैले तिनै समूहलाई प्रोत्साहन स्वरूप आर्थिक सहयोग गरे ताकी गाउँका कुनाकन्दराका महिलाहरु अझैं जागुन गुम्राहमा नबसुन् आफ्नो खुट्टामा आफैं उभिन सकुन भनेर सयौं आमालाई सहयोग गरे ।’
एक दशक भयो मैले समाजसेवा गर्न थालेको । दलित, जनजाति, गरिब तथा जेहेन्दार स्कुलका विद्यार्थीलाई मैले उनीहरुको पढाइ र लत्ताकपडाको लागि पनि गोरखाका विभिन्न स्कुलमा सहयोग गरे, स–साना भाइबहिनीहरुले प्राथमिक शिक्षाबाट पनि बञ्चित नहुन् भनेर लाखौँ लाख खर्च गरेर स्कुल निर्माणमा सहयोग गरे, खेलखुद विकासका लागि आवश्यक सामाग्रीहरु उपलब्ध गराएको छु । के ति स–साना बालबालिका मलाई भोट दिन योग्य होलान् र मेरो सहयोगलाई भोटसँग दाँज्न मिल्छ र ?
११/१२ कक्षा पढ्दै गरेका १५६ जना भाइबहिनिलाई सहयोग गर्दा, क्लबका भवन, महिला समूहका भवन, सडक सञ्जाल निर्माणका लागि व्यक्तिगत लगानीमा एक्लै काम गर्दा साथिहरु कता हुनुहुन्थ्यो कुन्नी ?
१०/१२ बर्ष अघिदेखि समाजसेवामा छु, इतिहास जिउँदै छ । सक्नुहुन्छ आहा! भन्नुस् डाहा नगर्नुस् भन्दै दवाडीले तिक्तता व्यक्त गरे ।
दिन दुखीहरुको सेवा र शिक्षामा टेवा दिन जति विरोध भए पनि म कहिले पछाडी हट्ने छैन् । स्थानीय स्कुलको संयोजकको बाहनमा चुनावलाई लक्षित गरी आफ्नो पक्षमा पार्न अहिले दशैँको मुखमा पैसा बाँडेको भनेर जुन आलोचना गरिएको छ त्यसले समाजसेवाको विरोधीहरुलाई न्याय भएपनि जसले राहत महसुस गरेका छन् उनीहरुलाई भने पक्कै न्याय हुने छैन । विभेदरहितको सेवालाई चुनावसँग जोडिनु र पार्टीको कामको सिलसिलामा सक्रिय सदस्यता वितरण गर्दै गर्दा सक्रिय सदस्यता दिँदै र लिँदै गरेको फोटोलाई पैसा बाँड्यो भनेर भ्रामक प्रचार गरिएको छ यो सरासर गलत छ ।
फरक यत्ति हो शैक्षिक विकासको लागि स्कुललाई सहयोग, महिलालाई समाजमा सक्रिय र सशक्त बनाउन आमा समूहलाई आर्थिक सहयोग भन्नुको सट्टा चुनावलाई लक्षित गरी आफ्नो पक्षमा पार्न पैसा बाँडियो भन्दा समाजसेवाको विरोध गर्ने र समाजलाई माथि उकास्न नदिने सधैँ आफैँ टाठाबाठा भई गरिब दिन दुखीहरुलाई थिचोमिचोमा राख्ने र जालझेल गरेर सधैँ आफ्नो स्वार्थ पुरा गर्नेहरुलाई हाइसञ्चो होला तर मलाई भने कदापि हुने छैन् ।
समाजमा अर्काको सुरवालको इँजार खुस्कियो भनेर देखाउँदै गर्दा आफ्नै सुरवालको इँजार खुस्किएको पत्तै नहुने यो समाजमा धेरै छन् त्यसैले अर्काको इँजार खुस्कियो भन्दै देखाउन खोज्दै हुनुहुन्छ भने कृपया मेरो बिन्ति छ आफ्नै इँजार एकपटक चेक गर्नु हुन्छ कि ?
प्रतिक्रिया