अमेरिकामा फेसबुकमा लाइभ भयो वृद्धको हत्याको भिडियो

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख ४, २०७४
|
|
३४५ पटक हेरिएको
Shares
अमेरिकामा फेसबुकमा लाइभ भयो वृद्धको हत्याको भिडियो

सारांश

  • बीबीसी बैशाख ४ – अमेरिकाको क्लिवल्याण्ड शहरमा एक वृद्ध नागरिकको हत्याको भिडियो फेसबुकमा लाइभ देखाइएको छ ।
  • क्लिवल्याण्ड पुलिसले मृतकको पहिचान ७४ वर्षीय रोबर्ट गुडविनको रुपमा गरेको छ ।
  • यस हत्यामा संदिग्ध स्टिव स्टिफन्सले अर्को एक भिडियोमा १३ अन्य मानिसको हत्या गर्ने बताएका छन् ।

बीबीसी
बैशाख ४ – अमेरिकाको क्लिवल्याण्ड शहरमा एक वृद्ध नागरिकको हत्याको भिडियो फेसबुकमा लाइभ देखाइएको छ । क्लिवल्याण्ड पुलिसले मृतकको पहिचान ७४ वर्षीय रोबर्ट गुडविनको रुपमा गरेको छ ।
यस हत्यामा संदिग्ध स्टिव स्टिफन्सले अर्को एक भिडियोमा १३ अन्य मानिसको हत्या गर्ने बताएका छन् ।
यद्यपी, पुलिस चिफ केल्विन विलियम्सले अहिलेसम्म एक व्यक्तिको हत्या भएको पुष्टि गरेको छ ।
विलियम्सले पुलिसको थुप्रै समूहले स्टिफन्सको खोजी गरिरहेको बताएका छन् ।
संदिग्ध हत्याराको खोजीका लागि ओहायो प्रान्त र त्योभन्दा अगाडिका स्थानमा अलर्ट जारी गरेको विलियम्सले बताएका छन् ।
पुलिसले संदिग्ध व्यक्तिलाई देख्नेबित्तिकै पुलिसलाई जानकारी दिन र हत्याराको अगाडि नजान निर्देशन दिएका छन् ।
क्लिवल्याण्ड पुलिसले यी संदिग्धको तस्बिर जारी गर्दै उनको क्रिम रङको एसयुभी चलाइरहेको जानकारी दिएका छन् ।
सिएनएन न्यूजका अनुसार एफबीआई क्लिवल्याण्ड पुलिससँग खोजी अभियानमा जुटेको छ ।
क्लिवल्याण्डका मेयर फ्रेन्क ज्याक्सनले स्टिफेन्सलाई उनलाई जसरी पनि पक्राउ गरिने प्रण गरेका छन् ।
यद्यपी, हत्याको भिडियो फेसबुकमा लाइभ गरिएको यो पहिलो घटना भने होइन । पछिल्लो वर्ष जूनमा शिकागोमा एक व्यक्तिले आफूलाई नै स्ट्रिम गरिरहेका थिए जब उनको हत्या गरिएको थियो ।
यस्तै, मार्चमा एक व्यक्तिलाई फेसबुक लाइभमा १६ पटक गोली हानिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनयुद्धको नक्कल गरेर विद्रोह असम्भव: प्रचण्ड
जनयुद्धको नक्कल गरेर विद्रोह असम्भव: प्रचण्ड
मुख्यमन्त्री राई:त्रीयुगा क्यापसको साधारण सभामा सहभागी
मुख्यमन्त्री राई:त्रीयुगा क्यापसको साधारण सभामा सहभागी
दूधको मूल्य घट्दा किसान निराश
दूधको मूल्य घट्दा किसान निराश
Verde Gambling Establishment Kod Promocyjny 2024 ️ Legjobb Ajánlat Itt”
पूर्वाग्रही पत्रकारिताबाट नागरिक प्रभावित हुनुहुँदैन स् सञ्चारमन्त्री
पूर्वाग्रही पत्रकारिताबाट नागरिक प्रभावित हुनुहुँदैन स् सञ्चारमन्त्री
आज सुनको मुल्य तोलामा ३ सय रुपैयाँले घट्यो
आज सुनको मुल्य तोलामा ३ सय रुपैयाँले घट्यो
माछापुच्छ्रे बैङ्कद्वारा कात्तिक १ गतेदेखि लागु हुनेगरी नयाँ ब्याजदर तालिका प्रकाशन
माछापुच्छ्रे बैङ्कद्वारा कात्तिक १ गतेदेखि लागु हुनेगरी नयाँ ब्याजदर तालिका प्रकाशन
चियाको अन्तर्राष्ट्रिय बजार खोज्न आवश्यक
चियाको अन्तर्राष्ट्रिय बजार खोज्न आवश्यक
इरानद्वारा १२० किलोमिटर टाढाबाट एकै पटक २ विमान खसाल्न सक्ने क्षेप्यास्त्र निर्माण
इरानद्वारा १२० किलोमिटर टाढाबाट एकै पटक २ विमान खसाल्न सक्ने क्षेप्यास्त्र निर्माण
आगामी असोज २ गते हुने तेस्रो चरणको स्थानीय  निर्वाचन. कांग्रेसको’अस्तित्वको लडाइँ’ …………
आगामी असोज २ गते हुने तेस्रो चरणको स्थानीय निर्वाचन. कांग्रेसको’अस्तित्वको लडाइँ’ …………