कांग्रेस नेता पौडेलका स्पोन्सरले मागे माफी, जापानले फर्काउनुको कारण यस्तो

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन १, २०७४
|
|
३२ पटक हेरिएको
Shares
कांग्रेस नेता पौडेलका स्पोन्सरले मागे माफी, जापानले फर्काउनुको कारण यस्तो

सारांश

  • काठमाडौं ।
  • नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेल जापान प्रवेश गर्न नपाएकोमा उनका स्पोन्सर रहेका ऋृदिन्द्र गिरीले दुख व्यक्त गरेका छन् ।
  • जापान भ्रमणमा गएका पौडेललाई जापानको अधयापनले फिर्ता पठाइदिएको थियो ।

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेल जापान प्रवेश गर्न नपाएकोमा उनका स्पोन्सर रहेका ऋृदिन्द्र गिरीले दुख व्यक्त गरेका छन् । जापान भ्रमणमा गएका पौडेललाई जापानको अधयापनले फिर्ता पठाइदिएको थियो । पौडेललाई जापान भ्रमणका लागि स्पोन्सर गरेका व्यक्तिबारे अध्यागमनले खोज्दा उनी नेपालमा रहेकाले पौडेललाई नेपाल फर्काइएको हो ।

धनराज गुरुङ र पौडेलहित ४ जनालाई जापान भ्रमणको निम्तो दिएका गिरी सोहि समयमा नेपाल आउनुपर्दा पौडेललाई असुविधा पर्न गएकोमा र जापान प्रवेशमा रोक लागेकोमा गिरिले दुख व्यक्त गर्दै क्षमायाचना गरेका हुन्। गिरीले वक्तव्य जारी गरेरै क्षमा मागेका हुन् ।

गिरीले जारी गरेको वक्तव्य यस प्रकार छः प्रेस विज्ञप्ती,

नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल र पत्रकार अनिल न्यौपानेलाई जापानको अध्यागमनबाट फिर्ता पठाईएको विषयमा स्पष्ट पार्नको लागि यो विज्ञप्ती जारी गरेको छु । म १४ वर्षदेखि जापानमा बस्दै त्यहाँ व्यवसाय तथा सामाजिक काममा संलग्न रहँदै आएको छु। समय समयमा नेपालबाट विभिन्न सामाजिक तथा राजनीतिक व्यक्तित्वहरुलाई जापान भ्रमणका लागि बोलाउँदै नेपालको समृद्धिमा जापानबाट सिक्न सकिने विषयहरुमा छलफलहरु गराउँदै आएको थिए।

यो पटक मेरो निमन्त्रणामा नेपाली काँग्रेसका केन्द्रीय सदस्यद्वय धनराज गुरुङ र प्रदीप पौडेल सहितको चार सदस्यीय टोली शनिबार साँझ जापानको राजधानी टोकियोस्थित हानेदा अन्तराष्ट्रिय विमानस्थलमा अवतरण हुनुभएको थियो । जापान भ्रमण र भेटघाटकै लागि मैले निमन्त्रणा पठाएको र मेरै स्पोन्सरसिपमा उहाँ जापान आउनु भएको हो। तर विशेष कारणले शुक्रबार साँझ म अचानक नेपाल आउनु परेको थियो। म नेपाल आउने समयमा उहाँहरुको टिकट तथा भीसा निश्चित भईसकेकोले उहाँहरु जापान आउने तयारीमा हुनुहुन्थ्यो। मैले नेपाल भ्रमणबारे उहाँहरुलाई जानकारी गराउने अवसर समेत पाइन। मेरो नेपाल भ्रमणको बारेमा जापानमा रहेका नेपाली जनसम्पर्क समितिका साथीहरुलाई जानकारी गराएको थिए।

यसअघी म जापानमा नहुँदा पनि मैले स्पोन्सरसिप पठाएर जापान आउनुभएकाहरुलाई प्रवेश दिईएकोले म उहाँहरुको जापान प्रवेश सहज हुने विश्वासका साथ नेपाल आएको थिएँ । तर, जापानको अध्यागमनमा पुगेपछि उहाँहरुमध्ये दुई जनालाई प्रवेश दिईएको र बाँकी दुईजनालाई प्रवेश दिने बेलामा स्पोन्सर गर्ने व्यक्तिलाई बोलाउन भनिएपछि उहाँहरुले मलाई बोलाउनु भएको थियो । तर, म विशेष कामले नेपालमा भएकोले म अध्यागमनमा उपस्थित हुन नसक्दा नेता पौडेल र पत्रकार न्यौपानेलाई अध्यागमनले प्रवेश गर्न आनाकानी गरेको हो । जापानी अध्यागमनले भ्रमण भीसामा जापान आउने व्यक्तिको बारेमा स्पोन्सर गर्ने व्यक्तिसँग कहिलेकाँही सोधपुछ गर्ने क्रममा उहाँहरुलाई नै सोधिनु र म त्यहाँ नहुनु दुखद संयोग भयो। जापान सरकारले स्पोन्सर गर्ने व्यक्ति आउनै पर्ने भनेपछि मैले जापानमा रहेका मेरा सहोदर दाजुलाई त्यहाँ पठाए पनि स्पोन्सर गर्ने व्यक्ति नै आउनुपर्ने अडान अध्यागमनले राखेपछि नेता पौडेल र पत्रकार न्यौपाने सोही दिन नै नेपाल फर्किनुभएको छ । आईतबार विहान हङकङ आईपुग्नु भएका उहाँहरु आईतबार साँझ नेपाल आईपुग्दै हुनुहुन्छ ।

स्पोन्सरको हैसियतमा रहेको म विशेष कारणले नेपाल आउनु परेको बेलामा मेरै आतिथ्यतामा जापान भ्रमणमा जानुभएका नेपाली काँग्रेस केन्द्रीय सदस्य प्रदिप पौडेल र पत्रकार अनिल न्यौपानेलाई पर्न गएको असुविधाप्रति क्षमा माग्छु।

ऋृदिन्द्र गिरि

प्रतिक्रिया

5 कमेन्ट

    Comment Author

    Vajra Tamang

    Nepali ko 1 laat paxadi Hane paxi buddi palauxa vaneko yehi ho

    Comment Author

    Vajra Tamang

    1 Ramro neta ko ejjat mathi khelbat garne lai jel Halnu parxa k ko sorry vanera pugxa

    Comment Author

    Vajra Tamang

    Bidesh ma vattuwa ko jindagi jiuna ramaune nepali ko var parnu hunna neta ji aba bichar puraunu

    Comment Author

    Vajra Tamang

    Bidesh jana vane paxi nepali neta pani 2 khutta kadhma Rakhera daudinxa ani asto bejjat hunxa

    Comment Author

    Shyamlal Mademba

    नेपालमा नकलि मतदाता ल्याएर भोट जिते जस्तो जापन मा हा हा

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 5
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?