प्रमुख निर्वाचन आयुक्तले सप्तरीबाट गरे मतदान
सारांश
- राजविराज ।
- प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले सप्तरीबाट मतदान गरेका छन् ।
- यादवले सप्तरी सदरमुकामस्थित राजविराज नगरपालिकाको वडा नं २ आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
राजविराज । प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले सप्तरीबाट मतदान गरेका छन् । यादवले सप्तरी सदरमुकामस्थित राजविराज नगरपालिकाको वडा नं २ आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
मतदान गरेपछि सञ्चारकर्मीसंग कुरा गर्दै प्रमुख आयुक्त यादवले निर्वाचनका लागि सुरक्षा लगायत सबैखाले व्यबस्था मजब्द बनाइएको भन्दै ढुक्न भएर मतदान गर्न सबैसंग अपिल गरे । उनले दुई दशक पछि जनताको आकांक्षा पुरा हुन लागेको भन्दै यस समयको सदुपयोग गर्न आग्रह गरे ।
सप्तरीका सबै मतदान केन्द्रमा शन्तिपुर्ण रुपमा मतदान भइरहेको छ । कुनै पनि घटना हुन नदिन र शान्तिसुरक्षा कायम गर्न सुरक्षा निकाय मतदानस्थल र मतदान क्षेत्रमा अनुगमनका लागि खटिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेले जानकारी दिए ।
स्थानीय तहको निर्वाचनमा सप्तरी जिल्लामा नौ नगरपालिका र नौ गाउँपालिका गरी कूल १८ स्थानीय तहका लागि ८५६ जनप्रतिनिधि चयनका लागि मतदान सुरु भएको हो ।
प्रतिक्रिया