छ वर्षीया बालिका जइनबको बलात्कार तथा हत्या अभियोग लागेका पुरूषलाई मृत्युदण्ड

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन ६, २०७४
|
|
३९ पटक हेरिएको
Shares
छ वर्षीया बालिका जइनबको बलात्कार तथा हत्या अभियोग लागेका पुरूषलाई मृत्युदण्ड

सारांश

  • काठमाडौं, ६ फागुन – पाकिस्तानमा छ वर्षीया बालिका जइनब अन्सारीको बलात्कार तथा हत्याको अभियोग लागेका एक पुरूषलाई एउटा अदालतले मृत्युदण्डको सजाय दिएको छ।
  •  बलात्कार तथा हत्याको मुद्दाको सुनुवाइ हुनेबेला अदालत वरपर सुरक्षा व्यवस्था कडा तुल्याइएको थियो।
  • अदालतमा बालिकाका पिता पनि उपस्थित थिए।

काठमाडौं, ६ फागुन – पाकिस्तानमा छ वर्षीया बालिका जइनब अन्सारीको बलात्कार तथा हत्याको अभियोग लागेका एक पुरूषलाई एउटा अदालतले मृत्युदण्डको सजाय दिएको छ। बलात्कार तथा हत्याको मुद्दाको सुनुवाइ हुनेबेला अदालत वरपर सुरक्षा व्यवस्था कडा तुल्याइएको थियो। अदालतमा बालिकाका पिता पनि उपस्थित थिए। बिबिसीमा उल्लेख छ ।

जइनब अन्सारीको मृत शरीर गत महिना लहोरदेखि दक्षिणपट्टी पर्ने कसुर नगरमा फोहरमैला फ्याँक्ने स्थानमा भेटिएपछि पाकिस्तानभर आक्रोश व्यक्त भएको थियो। २४ वर्षिय इमरान अलीले ती बालिकाको हत्या र बलात्कारमा आफू संलग्न रहेको स्वीकार गरेका थिए।

अलीले अन्य बालबालिकालाई पनि आफूले आक्रमण गरी हत्या गरेको स्वीकार गरेका थिए। पञ्जाब प्रान्तका मुख्यमन्त्री र प्रहरीले बालिका हत्याका अन्य घटनामा पनि अलीनै संलग्न रहेको बताएका छन्।

आलोचना – जइनबको घर नजिकै बसोबास गर्ने अलीलाई प्रहरीले ‘डीएनए’ प्रमाणको आधारमा पक्राउ गरेको थियो।

जइनबको मृत शरीर फेला परेपछि कसुर नगरमा आक्रोशपूर्ण प्रदर्शनहरु भएका थिए। नगरबासीले बालबालिकाहरुको हत्या रोक्न सरकारले पर्याप्त कदम नचालेको भन्दै विरोध प्रदर्शन चर्काएका थिए।

अलीले विगत करिब एक वर्षअघिदेखि आपराधिक क्रियाकलाप गर्ने गरेको स्थानीयबासीको भनाइ छ। उनीहरुले अलीलाई ढिलो पक्राउ गरेको भन्दै प्रहरीको आलोचना गरेका छन्।

न्यायाधिवक्ता एहतीशाम कादिर शाहले रोएटर्स समाचार संस्थालाई बताएअनुसार अन्य अपराधको कानूनी उपचारका लागि अलीविरुद्ध छिट्टै थप मुद्दाहरु दायर गरिने छ। अलीले अपराध कबुल गरेपछि उनका वकिल पछि हटेका थिए।

दवाब

अलीलाई अपहरण, बलात्कार, हत्या तथा आतंकवादको कसुरमा मृत्युदण्ड र अप्राकृतिक मैथुनको कसुरमा आजीवन कारावास र ठूलो जरिवाना सजाय सुनाइएको छ। उनले पुनरावेदन गर्न १५ दिनको समय पाउने छन्।  जइनब र अन्य बालबालिकाको हत्याको अनुसन्धान गर्न प्रहरीमाथि तीव्र दवाब परेको थियो।

जइनब हराएपछि आफन्तले उनका अन्तिम क्रियाकलाप कैद भएको सीसीटीभी भिडिओ तस्वीर फेला पारेका थिए। एक पुरूषले ती बालिकालाई लिएर हिडिरहेको देखिने त्यो भिडिओको एक अंश सामाजिक सञ्जालमा धेरैले हेरेका थिए।

(https://linksmagazine.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?