​दुई नम्बर प्रदेशमा एमाले किन पराजित ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन ६, २०७४
|
|
२० पटक हेरिएको
Shares
​दुई नम्बर प्रदेशमा एमाले किन पराजित ?

सारांश

  • काठमाडौं ।
  • ६ वटा प्रदेशमध्ये ५ वटामा पहिलो पार्टी भएको एमाले २ नम्बर क्षेत्रमा दोस्रो पनि नहुने संकेत देखिएको छ ।
  • टिकट बितरणमा लोकप्रियतालाई भन्दा गुटलाई आधार मान्दा एमालेले २ नम्बर प्रदेशका धेरै स्थानीय तहमा पराजयको सामना गर्नुपरेको छ ।

काठमाडौं । ६ वटा प्रदेशमध्ये ५ वटामा पहिलो पार्टी भएको एमाले २ नम्बर क्षेत्रमा दोस्रो पनि नहुने संकेत देखिएको छ । टिकट बितरणमा लोकप्रियतालाई भन्दा गुटलाई आधार मान्दा एमालेले २ नम्बर प्रदेशका धेरै स्थानीय तहमा पराजयको सामना गर्नुपरेको छ । २ नम्बर प्रदेश इन्चार्ज सत्यनारायण मण्डलले स्थानीय तहमा लोकप्रिय ब्यक्तिलाई भन्दा गुटगत र आर्थिक चलखेलका आधारमा टिकट दिंदा धेरै जित्ने निश्चित भएका ठाउँमा पनि एमाले पराजित हुन पुगेको छ ।

टिकट बितरणमा भएको मनपरीकै कारण रौतहटको चन्द्रपृुर नगरपापालिका, सर्लाहीको बरहथवा, बागमती नगरपालिका समेत गुमाउने निश्चित भएको छ । पर्साको ठोरी समेत टिकट बितरणमा भएको पक्षपातका कारण गुमाउन पुगेको छ । ठोरीमा माओवादी केन्द्रले जितिसकेको छ । चन्द्रपुरमा बाबुराम दाहाललाई दिइसकेको टिकट खोसेर उद्धव रेग्मीलाई दिएका कारण अपमान गरिएको छ । बाबुराम दाहाललाई बाजागाजासहित शुभसाइतको दही खुवाएर लिएर उम्मेदवारी दिन जाँदा रेग्मीले सत्यनारायण मण्डलको सही गराई उम्मेदवारी दिइसकेका थिए । प्रदेशका सहइन्चार्ज नागेन्द्र चौधरी र जिल्ला अध्यक्ष कमलदेव यादवलाई जानकारी नै छैन । सरसल्लाह नै नगरी अपमानपूर्वक दाहाललाई मनोनयन गर्न नदिएर चन्द्रपुर गुम्न पुगेको छ ।

रहथवामा माधव काफ्ले जस्ता लोकप्रिय ब्यक्तित्वलाई नदिएर कल्पना कटवाललाई दिइयो, जसका कारण पराजित हुन पुग्यो । यदि काफ्लेलाई दिएको भए जित्ने थियो । इश्वरपुरमा मनोज देवकोटाजत्तिकै लोकप्रिय थिए काफ्ले । उनी बरहथवा नगरपालिकाको मेयरका लागि तयारी गरी रातदिन लागेका थिए । कल्पना कटवाल केन्द्रमा नेताहरुको चाकरी गरी टिकट लिनाले गर्दा पनि बरहथवा पराजित हुन पुगेको छ । स्थानीय तहमा जो लोकप्रिय छ, त्यसलाई नदिई केन्द्रबाट नेताले तोक्दा बरहथवा गुमेको एमालेकै कार्यकर्ताहरु बताउँछन् । हरिवन जस्तो एमालेको किल्लामा डिल्ली उप्रेतीलाई नदिएर गणेश उप्रेतीलाई दिएका कारण माओवादीले पसिना छुटाइदिएको छ ।

बागमती नगरपालिकामा बसन्त भट्टराई स्थानीय जनसमुदायमा लोकप्रिय ब्यक्तिलाई टिकट नदिई विष्णु पुलामी मगरलाई गुटका आधारमा दिएका कारण त्यहाँ पनि माओवादीले जितेको छ । सर्लाही एमाले अध्यक्ष रेवती पन्तले पुलामीलाई टिकट दिएपछि बागमती गुम्न पुगेको छ । बर्दिबासमा पैसाको बलमा सुरेश राउतलाई दिनाले त्यहाँ पनि गुम्यो । भानुभक्त पोखरेललाई दिएको भए जित्ने थिए । उनी लोकप्रिय थिए । पोखरेल माधव पक्षका भएका कारण टिकट दिइएन । अरबपति राउतलाई दिएका कारण तेस्रो हुनपुगेको छ । नेतालाई पैसा बुझाएर उनले टिकट पाएको गुनासो कार्यकर्ताको छ । महोत्तरीकै रामगोपालपुरमा पनि अलोकप्रिय ब्यक्तिलाई दिएकाले पराजित हुन पुगेको छ ।

उम्मेदवारी चयनमा धेरै ठाउँमा संस्थापन पक्षले एकलौटी गर्दा परिणाम सन्तोषजनक नआएको माधव नेपाल पक्षको निष्कर्ष छ । एमालेले आज बोलाएको स्थायी समिति बैठकमा नेता नेपाल पक्षले उक्त कुरा उठाउन लागेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्ववियु निर्वाचन : तडकभडक बिना प्रचारप्रसार
स्ववियु निर्वाचन : तडकभडक बिना प्रचारप्रसार
सात दिनभित्र सवारी अनुमति पत्र दिने कार्ययोजना बन्दैछ : उपप्रधानमन्त्री श्रेष्ठ
सात दिनभित्र सवारी अनुमति पत्र दिने कार्ययोजना बन्दैछ : उपप्रधानमन्त्री श्रेष्ठ
श्रीनिवासले आफुलाई आफै गोली हान्नुकाे रहस्य यस्ताे पाे ! पूर्वराजाको नाम पनि जाेडियाे
श्रीनिवासले आफुलाई आफै गोली हान्नुकाे रहस्य यस्ताे पाे ! पूर्वराजाको नाम पनि जाेडियाे
कांग्रेसबाट पूर्णबहादुरको नेतृत्वमा कांग्रेस सरकारमा
कांग्रेसबाट पूर्णबहादुरको नेतृत्वमा कांग्रेस सरकारमा
इलाम र सिराहामा धारिलो हतियार प्रहारबाट मृत्यु
इलाम र सिराहामा धारिलो हतियार प्रहारबाट मृत्यु
सञ्चारकर्मी तथा गायिका कल्पनाको “ऐलेको तीज” सार्वजनिक (भिडियोसहित)
सञ्चारकर्मी तथा गायिका कल्पनाको “ऐलेको तीज” सार्वजनिक (भिडियोसहित)
रवि लामिछानेलाई उपप्रधानमन्त्री बनाउन सत्ता गठबन्धन सहमत
रवि लामिछानेलाई उपप्रधानमन्त्री बनाउन सत्ता गठबन्धन सहमत
बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
कहाँ छन् विप्लव र प्रकाण्ड ?
कहाँ छन् विप्लव र प्रकाण्ड ?
शंकरदास वैरागी मुख्यसचिव नियुक्त, खतिवडा अमेरिका र रेग्मी बेलायतका लागि राजदूत सिफारिश
शंकरदास वैरागी मुख्यसचिव नियुक्त, खतिवडा अमेरिका र रेग्मी बेलायतका लागि राजदूत सिफारिश

तपाईंले छुटाउनुभयो कि?