‘प्रहरी हाम्रो टोलमा’

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन ६, २०७४
|
|
१८ पटक हेरिएको
Shares
‘प्रहरी हाम्रो टोलमा’

सारांश

  • झापा ।
  • ‘शान्ति शुरक्षा र सुशासन, जनमैत्री प्रहरी र प्रशासन’ अन्तर्गत ‘प्रहरी हाम्रो टोलमा’ अभियान प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ ।
  • कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ऋषिरम तिवारीले जुनसुकै ठाउँमा पनि सुरक्षाको आवश्यक रहेकाले ‘प्रहरी हाम्रो टोलमा’ अभियान प्रभातफेरी कार्यक्रमले आफू खुसी रहेको बताए ।

झापा । ‘शान्ति शुरक्षा र सुशासन, जनमैत्री प्रहरी र प्रशासन’ अन्तर्गत ‘प्रहरी हाम्रो टोलमा’ अभियान प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ऋषिरम तिवारीले जुनसुकै ठाउँमा पनि सुरक्षाको आवश्यक रहेकाले ‘प्रहरी हाम्रो टोलमा’ अभियान प्रभातफेरी कार्यक्रमले आफू खुसी रहेको बताए ।

त्यस्तै कार्यक्रममा संघीय प्रहरी ईकाई कार्यालय चन्द्रगढी झापाका प्रमुख पिताम्बर अधिकारीले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख कुमार केसीले मजकुर गृहमनत्रालयबाट प्राप्त प्रस्तुतीकरण प्रस्तुत गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय झापाको गेटबाट प्रभातफेरी कार्यक्रम शुरू भई भद्रपुर १० स्थित लेखनाथ चोक हुँदै नगरका विभिन्न स्थानमा परिक्रमा गरी जिल्ला समन्वय समितिको सभाहलमा पुगि कार्यक्रम उदघाटन गरिएको थियो ।

कायृक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख मिना पराजुली, भद्रपुर नगरपालिकाका मेयर जीवन कुमार श्रेष्ठ, शुरक्षा निकायका प्रमुखहरु, सम्पुर्ण सरकारी कार्यालयका कार्यालय प्रमुखहरु, निजि तथा सरकारी स्कुलका प्रिन्सिपलहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु, पत्रकारको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?