स्पेनका एक जोडीले नेपाली परम्परा अनुसार पोखरामा विवाह
सारांश
- स्पेनका एक जोडीले नेपाली परम्परा अनुसार पोखरामा विवाह गरेका छन् ।
- स्पेनका २४ बर्षीय राकेल थापाता आन्द्रेउ र २८ बर्षीया गइथका आगुईलार गारथियाले नेपाली परम्परा अनुसार पोखराको फेवातालको बिच भागमा रहेको तालबराही मन्दिर र विश्व शान्ति स्तुपामा नेपाली परम्परा अनुसार पुजा आज गरी विवाह गरेका हुन् ।
- नेपालमा भूकम्प गएपछि स्पेनबाट स्वयम सेवकको रुपमा दुई बर्ष अघि काठमाण्डौं आएका यो जोडिले आफ्ना आफन्तको साथमा तामजामका साथ हालै पोखरामा विवाह गरेको पोखराका पर्यटन व्यवसायि एवं होटल दोनष्टिका संचालक असोक लामाले बताए ।
स्पेनका एक जोडीले नेपाली परम्परा अनुसार पोखरामा विवाह गरेका छन् । स्पेनका २४ बर्षीय राकेल थापाता आन्द्रेउ र २८ बर्षीया गइथका आगुईलार गारथियाले नेपाली परम्परा अनुसार पोखराको फेवातालको बिच भागमा रहेको तालबराही मन्दिर र विश्व शान्ति स्तुपामा नेपाली परम्परा अनुसार पुजा आज गरी विवाह गरेका हुन् । नेपालमा भूकम्प गएपछि स्पेनबाट स्वयम सेवकको रुपमा दुई बर्ष अघि काठमाण्डौं आएका यो जोडिले आफ्ना आफन्तको साथमा तामजामका साथ हालै पोखरामा विवाह गरेको पोखराका पर्यटन व्यवसायि एवं होटल दोनष्टिका संचालक असोक लामाले बताए । लामाको पहलमा पोखरा आएको जोडिले हिन्दुधर्म र बौद्धधर्मको विधि अनुसार नेपालीहरुको महान पर्व विजया दशमी पर्वको अवसरमा विवाह गरेको बताईन्छ ।

राकेलको नेपाली नाम विष्णु र गइथकाको नेपाली नाम लक्ष्मी राखेका थिए । नेपाल र नेपाली परम्परा मन परेकोले गर्दा आफुहरुको प्रेम पनि नेपालमै भएकोले गर्दा नेपालमै विवाह भएको राकेलले बताए । उनले भने “ हामी धेरै खुसि भएका छौं, नेपाल र नेपाली कला, संस्कृति हामीलाई धेरै मन पर्छ, यहाँको संस्कार मन परेको हुनाले हामीले यहाँको परम्परा अनुसार विवाह गरेका हौं । ” भूकम्पको समयमा काडमाण्डौं, चितवन र पोखरासम्म स्वयम सेवकको रुपमा काम गरेका दुबै जनाको प्रेम सम्वन्ध चितवनको ज्योति नगरबाट सुरु भएको गइथकाले बताईन । उनले भनिन “ नेपाललाई हामीले कहिले पनि भुल्न सक्दैनौं, यहाँको सौन्दर्यताले हामीलाई यहाँ आक्रषर्ण गरि रहन्छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया