गजल – मोहन अभिलाषी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ ७, २०७३
|
|
२१३ पटक हेरिएको
Shares
गजल –  मोहन अभिलाषी

सारांश

  • धर्म के हो नसोध मलाई जात नसोध !
  • नेपाली हुँ यति था’ छ औकात नसोध !
  • !

धर्म के हो नसोध मलाई जात नसोध !
नेपाली हुँ यति था’ छ औकात नसोध !!

दलित, ब्राह्मण, हिन्दु, बौध्द कुन ठुलो कुन सानो ?
रगत सबको एउटै हुन्छ वाहियात नसोध !

बहुल जाति, भाषा, धर्म, सबै उही नेपाली,
सोध्छौ, किन ? कसरी हो ? अर्थात् नसोध !

धनले हुन्न मन चाहिन्छ असल मान्छे बन्न,
गरीबलार्इ त्यो ऐश – आरामको बात नसोध !

रतिरागमा रमाउनेलाई के था’ आर्तनाद,
दुखीलाई कुन नरोएको रात नसोध !
– मोहन अभिलाषी !

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?