प्रचण्डको घोषणाः अब एकजना मुस्लिमलाई पनि मन्त्री बनाउँछु

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ ८, २०७३
|
|
२५८ पटक हेरिएको
Shares
प्रचण्डको घोषणाः अब एकजना मुस्लिमलाई पनि मन्त्री बनाउँछु

सारांश

  • पाँच पटकसम्म मन्त्रीमण्डल विस्तार गरिसकेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब एकजना मुस्लिमलाई पनि मन्त्री बनाउने घोषणा गरेका छन् ।
  • राजधानीमा शनिबार आयोजित धर्म निरपेक्ष र मुस्लिमको मुद्दा विषयक अन्तरक्रिया कार्यक्रमा बोल्दै प्रचण्डले छिट्टै एकजना मुस्लिमलाई मन्त्री बनाउने घोषणा गरेका हुन् ।
  • उनले मन्त्री मात्रै नभएर अर्का एकजना मुस्लिमलाई राजदूत पनि बनाउने घोषणा गरे ।

पाँच पटकसम्म मन्त्रीमण्डल विस्तार गरिसकेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब एकजना मुस्लिमलाई पनि मन्त्री बनाउने घोषणा गरेका छन् ।

राजधानीमा शनिबार आयोजित धर्म निरपेक्ष र मुस्लिमको मुद्दा विषयक अन्तरक्रिया कार्यक्रमा बोल्दै प्रचण्डले छिट्टै एकजना मुस्लिमलाई मन्त्री बनाउने घोषणा गरेका हुन् । उनले मन्त्री मात्रै नभएर अर्का एकजना मुस्लिमलाई राजदूत पनि बनाउने घोषणा गरे ।
उनले मुस्लिमहरुले अधिकारको लागि चलाउँदै आएको अभियान अझैं कम भएको भन्दै प्रभावकारी ढंगले अघि बढ्न सुझाव समेत दिए ।
‘मुस्लिमहरुको जेजे एजेण्डा छ, त्यो सबैलाई सम्बोधन गर्न मेरो प्रयास हुन्छ ’, प्रमले भने, ‘ तपाईँहरुले दवाव दिने कार्यक्रम सञ्चालन गर्नुहोस् । यसले मलाई पनि आवश्यक निर्णय गर्न सहज हुन्छ ।’
सो कार्यक्रममा माओवादी केन्द्रका नेता मातृका यादव, राजनीतिक विश्लेषक सिके लाललगायत मुस्लिम बुद्धिजिवीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओली सरकारको आलोचना गर्ने बेला भएको छैन: पूर्वमन्त्री न्यौपाने
ओली सरकारको आलोचना गर्ने बेला भएको छैन: पूर्वमन्त्री न्यौपाने
गणतन्त्रका ११ बर्ष : ब्यवस्था र अवस्थामा तालमेल मिलेन
गणतन्त्रका ११ बर्ष : ब्यवस्था र अवस्थामा तालमेल मिलेन
पुष्पा भुषालको प्रश्न ; नेपालको निर्वाचन प्रणाली महिलामैत्री छ त ?
पुष्पा भुषालको प्रश्न ; नेपालको निर्वाचन प्रणाली महिलामैत्री छ त ?
श्रीमती हुँदाहुँदै भान्जी प्रेममा यसरी फसेका रहेछन् सेनाका सहायक रथी
श्रीमती हुँदाहुँदै भान्जी प्रेममा यसरी फसेका रहेछन् सेनाका सहायक रथी
चुरोट काण्ड नसेलाउँदै प्रियंकाले गरिन् अर्को काण्ड, सामाजिक संजालमा भद्दा गाली
चुरोट काण्ड नसेलाउँदै प्रियंकाले गरिन् अर्को काण्ड, सामाजिक संजालमा भद्दा गाली
काँकडभिट्टा–लौकही सडक विस्तार: पूर्वी खण्डमा ३८ प्रतिशत प्रगति, १६.५  किलोमिटर कालोपत्रे सम्पन्न
काँकडभिट्टा–लौकही सडक विस्तार: पूर्वी खण्डमा ३८ प्रतिशत प्रगति, १६.५ किलोमिटर कालोपत्रे सम्पन्न
मानव जीवन बचाउन उत्तम विकल्प ‘लकडाउन’ र सामाजिक दूरी होस् :राष्ट्रपति भण्डारी
मानव जीवन बचाउन उत्तम विकल्प ‘लकडाउन’ र सामाजिक दूरी होस् :राष्ट्रपति भण्डारी
बजेटप्रति उद्योगी व्यापारीको मिश्रित प्रतिक्रिया
बजेटप्रति उद्योगी व्यापारीको मिश्रित प्रतिक्रिया
नेकपा स्थायी कमिटी बैठकः अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन र विधान आज पारित हुँदै
नेकपा स्थायी कमिटी बैठकः अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन र विधान आज पारित हुँदै
उत्सर्गको मेगा अडिसनबाट ४६ जना प्रतिष्पर्धी छानिए
उत्सर्गको मेगा अडिसनबाट ४६ जना प्रतिष्पर्धी छानिए