तिहार र छठ पर्व नजिकिएसँगै माटाका भाँडाको व्यापार बढदै

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन २९, २०७४
|
|
४१ पटक हेरिएको
Shares
तिहार र छठ पर्व नजिकिएसँगै माटाका भाँडाको व्यापार बढदै

सारांश

  • बर्दिबास, २९ असोज तिहार र छठ पर्व नजिकिएसँगै महोत्तरी जिल्लाका गाउँनगर बस्तीमा माटाका भाँडाको बिक्री बढेको छ ।
  • दिपावली र छठ पर्वमा कलश, दियो, घडा (गाग्रो) र छ्याँची (दही जमाउने भाँडा) र ढकनासहित नयाँ माटाका भाँडा प्रयोग गरिने मैथिल परम्पराअनुसार जिल्लाका गाउँनगर बस्तीका बजारमा माटाका भाँडाको बिक्री ह्वात्तै बढेको हो ।
  • वर्षभरि अन्य बेला खासै प्रयोगमा आउन छाडेका माटाका भाँडा पर्वविशेषमा मिथिला परम्परामा अनिवार्य जस्तै मानिँदै आएकाले जिल्लाका सबैजसो बजारमा यसको बेग्लै बजार जमेको देखिन्छ ।

बर्दिबास, २९ असोज तिहार र छठ पर्व नजिकिएसँगै महोत्तरी जिल्लाका गाउँनगर बस्तीमा माटाका भाँडाको बिक्री बढेको छ ।

दिपावली र छठ पर्वमा कलश, दियो, घडा (गाग्रो) र छ्याँची (दही जमाउने भाँडा) र ढकनासहित नयाँ माटाका भाँडा प्रयोग गरिने मैथिल परम्पराअनुसार जिल्लाका गाउँनगर बस्तीका बजारमा माटाका भाँडाको बिक्री ह्वात्तै बढेको हो ।

वर्षभरि अन्य बेला खासै प्रयोगमा आउन छाडेका माटाका भाँडा पर्वविशेषमा मिथिला परम्परामा अनिवार्य जस्तै मानिँदै आएकाले जिल्लाका सबैजसो बजारमा यसको बेग्लै बजार जमेको देखिन्छ ।

जिल्लाको सुदूर उत्तरवत्र्ती मुख्य व्यापारिक केन्द्र बर्दिबासको मुख्य चोक र हटियामा अहिले २० वटा भन्दा बढी माटोका भाँडा पसल थापिएका बर्दिबास व्यापार संघका महासचिव भवनाथ खतिवडाले बताउनुभयो । मिथिला क्षेत्रमा माटाका नयाँ भाँडा शुभकार्य गर्न उत्तम हुने सामाजिक मान्यताले चाडपर्वमा यसको माग बढ्ने गरेको यस क्षेत्रका उद्यमी व्यापारीको भनाइ छ ।

दिपावली र छठ पर्वमा बत्ती बाल्ने दियो, कलश राख्ने घडा, दही जमाउने छ्याँची र त्यसलाई छोप्ने ढकनसहित माटाकै नयाँ भाँडा प्रयोग गरिने परम्पराले यसको कारोबारमा वृद्धि भएको माटोका भाँडा बनाउने पेशाका कुम्हालहरुको भनाइ छ ।

भाँडा बिक्री भएसँगै आपूmहरुको तिहार र छठ पर्वको खर्च जोहो हुने गरेको कुम्हाल (माटाका भाँडा बनाउने मिथिला क्षेत्रका जाति विशेष) हरुले बताएका छन् । पर्वको मुख पारेर जिल्लाका बर्दिबास, औरही, सीतापुर, रामगोपालपुर, गौशाला, सम्सी र जिल्ला सदरमुकाम जलेश्वरसहितका नगरमा माटाका भाँडाका स्थायी कक्ष नै राखिएका छन् ।

मिथिला क्षेत्रमा दुई दशक पहिलेसम्म माटाका भाँडा दैनिक प्रचलनमा रहे पनि त्यसयता प्लास्टिकका भाँडाको प्रयोग बढेकाले आपूmहरुको व्यवसाय चाडपर्व विशेषमात्रै चल्ने गरेको कुम्हालहरुको भनाइ छ ।

तिहार र छठ पर्वका अवसरमा महोत्तरीका बजारमा रु २५ लाखको हाराहारीमा माटाका भाँडाको कारोबार हुने महोत्तरी उद्योग वाणिज्य संघका पदाधिकारीको अनुमान छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चिनियाँ राष्ट्रपतिलाई यसरी सम्मान गरियो विमानस्थलमा
चिनियाँ राष्ट्रपतिलाई यसरी सम्मान गरियो विमानस्थलमा
अवको नयाँ  यस्तो : निर्माण लागत दुई अर्ब ८० करोड
अवको नयाँ यस्तो : निर्माण लागत दुई अर्ब ८० करोड
पुर्व मन्त्री बस्नेतलाई रेणुले भनिन : बन्दुक दिनुस मार्छु र मर्छु पनि
पुर्व मन्त्री बस्नेतलाई रेणुले भनिन : बन्दुक दिनुस मार्छु र मर्छु पनि
ओमानमाथि नेपालको सानदार जित
ओमानमाथि नेपालको सानदार जित
तानसेन नगरपालिकाको बजेट रु ६९ करोड
तानसेन नगरपालिकाको बजेट रु ६९ करोड
भारत स्वतन्त्रता दिवस मनाउदै, प्रधानमन्त्री मोदी भन्नुहुन्छ – सुरक्षा प्रमुख प्राथमिकता
भारत स्वतन्त्रता दिवस मनाउदै, प्रधानमन्त्री मोदी भन्नुहुन्छ – सुरक्षा प्रमुख प्राथमिकता
काठमाडौं महानगरको डोजर चल्यो भद्रकुमारी घले सेवा सदनमा
काठमाडौं महानगरको डोजर चल्यो भद्रकुमारी घले सेवा सदनमा
सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम एकैपटक पठाउने काँग्रेसको निर्णय
सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम एकैपटक पठाउने काँग्रेसको निर्णय
महिलाका लागि एनएमबि बैंकको विशेष योजना, ५ हजारसम्म ‘क्यासब्याक’
महिलाका लागि एनएमबि बैंकको विशेष योजना, ५ हजारसम्म ‘क्यासब्याक’
नर्सका माग पूरा गर्न सांसद खाणद्वारा संसदको ध्यानाकर्षण
नर्सका माग पूरा गर्न सांसद खाणद्वारा संसदको ध्यानाकर्षण