तानसेन नगरपालिकाको बजेट रु ६९ करोड

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र ३०, २०७४
|
|
२४ पटक हेरिएको
Shares
तानसेन नगरपालिकाको बजेट रु ६९ करोड

सारांश

  • पाल्पा ।
  • तानसेन नगरपालिकाले चालु आवमा ६९ करोड ११ लाख ३१ हजार ९४७ बजेट विनियोजन गरेको छ ।
  • नगरपालिकाले आन्तरिक आयमा रु चार करोड ६४ लाख ८० हजार, नेपाल सरकारको निशर्त अनुदान रु २३ करोड ८२ लाख ४७ हजार, गत आवको नगरपालिकाको बाँकी रकम रु छ करोड ९२ लाख १० हजार ९४७ गरी कुल निशर्त अनुदान रु ३५ करोड ३९ लाख ३७ हजार ९४७, सशर्त अनुदान रु १९ करोड २९ लाख ४४ हजार, सामाजिक सुरक्षा रु पाँच करोड, दातृ संस्थाको सहयोगबाट सञ्चालित आयोजनालाई अनुदान रु सात करोड १२ लाख ५० हजार, कन्टीन्जेन्सीबाट आम्दानी रु ३० लाख र जनसहभागिताबाट रु एक करोड ५० लाखबाट बजेट विनियोजन गरेको हो ।

पाल्पा । तानसेन नगरपालिकाले चालु आवमा ६९ करोड ११ लाख ३१ हजार ९४७ बजेट विनियोजन गरेको छ ।

नगरपालिकाले आन्तरिक आयमा रु चार करोड ६४ लाख ८० हजार, नेपाल सरकारको निशर्त अनुदान रु २३ करोड ८२ लाख ४७ हजार, गत आवको नगरपालिकाको बाँकी रकम रु छ करोड ९२ लाख १० हजार ९४७ गरी कुल निशर्त अनुदान रु ३५ करोड ३९ लाख ३७ हजार ९४७, सशर्त अनुदान रु १९ करोड २९ लाख ४४ हजार, सामाजिक सुरक्षा रु पाँच करोड, दातृ संस्थाको सहयोगबाट सञ्चालित आयोजनालाई अनुदान रु सात करोड १२ लाख ५० हजार, कन्टीन्जेन्सीबाट आम्दानी रु ३० लाख र जनसहभागिताबाट रु एक करोड ५० लाखबाट बजेट विनियोजन गरेको हो ।

आव २०७४÷७५ मा कुल निशर्त १३.१३ प्रतिशत योगदान आन्तरिक आयबाट हुनेछ । यो वर्ष आन्तरिकमा रु एक करोड ६८ लाख थप प्रक्षेपण गरिने विहिबार आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख अशोककुमार शाहीले बताउनुभयो । १४ वडा कार्यालय सञ्चालनका लागि कुल रु एक करोड ७७ लाख ७८ हजार ७०० र नपामा रु ४ करोड ४ लाख ३० हजार बजेट विनियोजन गरेको छ । विहिबार सम्पन्न नगरपालिकाको प्रथम नगरसभाले यस आवको नीति, बजेट तथा कार्यक्रममा रु एक करोड कर्मचारी अवकासमा खर्च गर्नेछ ।

नगरपालिकाले प्रत्येक वडालाई चालु र पूँजीगत खर्च रु १२ लाख ७० हजार र रु ४५ लाख गरी कुल रु आठकरोड सातलाख ९९ हजार ७९२ बजेट निशर्त बजेटको २२.८२ प्रतिशत रहेको छ ।

वडा र नगर कार्यपालिका व्यवस्थापनका रु चार करोड ५७ लाख, सूचना र सञ्चार क्षेत्रमा रु २० लाख, संस्थागत विकासका लागि रु ७५ लाख, सम्पदा संरक्षणमा रु ३३ लाख, गरिबी न्यूनीकरणमा रु ६७ लाख, वातावरण प्रवद्र्धनमा रु ३० लाख, आन्तरिक राजस्व अभिवृद्धि र सुशासन प्रवद्र्धनमा रु २५ लाख विनियोजन गरिएको प्रमुख शाहीले बताउनुभयो ।

विपन्न परिवारलाई निःशुल्क बीमामा रु २५ लाख, दिगो शहरी विकासका लागि रु १२ करोड १६ लाख विनियोजित बजेटमध्ये भौतिक पूर्वाधारमा रु एक करोड ८५ लाख, आर्थिक पूर्वाधारतर्फ रु २६ लाख, संस्थागत विकासमा रु ४३ लाख, राष्ट्रिय अन्तरराष्ट्रिय सम्बन्ध विकासमा रु ३८ लाख, बस्ती विकास सम्भाव्यता अध्ययनका लागि रु ३८ लाख बजेट विनियोजन गरिएको शाहीले बताउनुभयो ।

तानसेनको खानेपानी उपभोक्ता समितिलाई रु २५ लाख र राष्ट्रिय पत्रकारिता पुरस्कारको अक्षयकोषका लागि रु पाँच लाख बजेट विनियोजन गरिएको छ ।

नगरप्रमुख शाहीले यस वर्ष सडक वर्षको रुपमा तानसेनलाई चिनाउने बताउनुभयो । ‘जनतासँग प्रमुख’ रेडियो कुराकानीसमेत नीति, बजेट तथा कार्यक्रममा रहेको नगरपालिकाका प्रवक्ता दामोदर घिमिरेले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री ओलीलाई नेपाल र खनालको दबाब, डा. केसीसँग तत्काल वार्ता गर्नुहोस
प्रधानमन्त्री ओलीलाई नेपाल र खनालको दबाब, डा. केसीसँग तत्काल वार्ता गर्नुहोस
सभामुखको पहलमा भन्ने भो टरिगाउँमा इन्धन डिपो, उड्ने भो जहाज
सभामुखको पहलमा भन्ने भो टरिगाउँमा इन्धन डिपो, उड्ने भो जहाज
फेवाताललाई पुरानै स्वरुपमा फर्काउन १ करोड बजेट विनियोजन
फेवाताललाई पुरानै स्वरुपमा फर्काउन १ करोड बजेट विनियोजन
अख्तियारकाे विकल्प प्रभावकारी अख्तियारः प्रस्तावित प्रमुख घिमिरे
अख्तियारकाे विकल्प प्रभावकारी अख्तियारः प्रस्तावित प्रमुख घिमिरे
लेखा समितिले वाइडबडी जहाज खरिदमा अनियमितताबारे अध्ययन गर्ने
लेखा समितिले वाइडबडी जहाज खरिदमा अनियमितताबारे अध्ययन गर्ने
समयमै पुल नबन्दा जाजरकोटका जनतालाई सास्ती !
समयमै पुल नबन्दा जाजरकोटका जनतालाई सास्ती !
राष्ट्रपति बन्न एमालेभित्र लबिङ शुरु
राष्ट्रपति बन्न एमालेभित्र लबिङ शुरु
किन गरिन्छ भैसी सुन्दरी प्रतियोगिता ?
किन गरिन्छ भैसी सुन्दरी प्रतियोगिता ?
पुरानो साइकल र मागेको पोशकले जित्यो स्वर्णपदक
पुरानो साइकल र मागेको पोशकले जित्यो स्वर्णपदक
चिकित्सा शिक्षा विधेयक दोस्रो पटक संसद् लगिँदै, के होला गोविन्द केसीको माग पुरा ?

तपाईंले छुटाउनुभयो कि?