गजल

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ १०, २०७३
|
|
३५६ पटक हेरिएको
Shares
गजल

सारांश

ढुङ्गा लाई फुल पाती चढाउदै रोए |

माफी माग्दै सिर पनि झुकाउदै रोए ||

स्वार्थी मान्छे तिमी जस्तो समाजमा हेर |

तिम्रो चोटमा आफ्नै मन दुखाउदै रोए ||

आँसुहरु सुकिसके सुक्खा भयो आँखा |

तिमीलाई बिदा गर्न हिम्मत जुटाउदै रोए ||

केहि पाउन केही यहाँ गुमाउनु पर्छ |

झुटो कसम झुटो नाता फुकाउदै रोए ||

मेरो माया मेरो प्राण भन्ने गर्थेउ पैले |

तिम्रो मेरो बिचको प्रेम छुटाउदै रोए ||

   – देवराज तिमल्सिना 

       लालबन्दी, सर्लाही 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?