छिन्चु जाजरकोट सडकको भीरबाट बस खस्यो, २ को मृत्यु, २२ जना घाइते
सारांश
- घटनास्थलमा प्रहरी नपुग्दा उद्धारमा समस्या जाजरकोट भेरि नगरपालिका वडा १ रिम्नाबाट खंलगा हुँदै सुर्खेततर्फ जाँदै गरेको काँक्रे बिहार यातायात व्यवसायी समितिद्वारा सञ्चालित मे १ ख ७२२ नम्बरको यात्रु बस दुर्घटना भएको छ ।
- दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।
- बसमा सवार यात्रुमध्ये १२ जना गम्भिर घाइते भएका छन् भने १० जना सामान्य घाइते रहेका छन् ।
घटनास्थलमा प्रहरी नपुग्दा उद्धारमा समस्या
जाजरकोट भेरि नगरपालिका वडा १ रिम्नाबाट खंलगा हुँदै सुर्खेततर्फ जाँदै गरेको काँक्रे बिहार यातायात व्यवसायी समितिद्वारा सञ्चालित मे १ ख ७२२ नम्बरको यात्रु बस दुर्घटना भएको छ । दुर्घटनामा २ जनाको मृत्यु भएको छ । बसमा सवार यात्रुमध्ये १२ जना गम्भिर घाइते भएका छन् भने १० जना सामान्य घाइते रहेका छन् ।
छिन्चु जाजरकोट सडकको सिम्ता गाउँपालिकास्थित बालीखोला नजिकैको भीरबाट उक्त बस ३ सय मिटर तल भेरी नदी किनारमा खसेको हो । बसमा २५ जना जति यात्रु भएको अनुमान रहेको प्रत्यक्षदर्शी पशुपति शाहीले बताए । घटनास्थल अप्ठेरो स्थानमा भएकोले यथार्थ विवरण आउन नसकेको शाहीले बताए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया