पोखरामा नालीमा बगेर एकजना बेपत्ता

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक ५, २०७४
|
|
२० पटक हेरिएको
Shares
पोखरामा नालीमा बगेर एकजना बेपत्ता

सारांश

  • ५ कात्तिक, पोखरा ।
  • पोखरामा शनिबार राति परेको वर्षापछि नालीमा आएको भेलमा परी एक जना बेपत्ता भएका छन् भने एक जना घाइते भएका छन् ।
  • मोटरसाइकल पल्टिदा नालीमा परेका एक जना बेपत्ता हुन् ।

५ कात्तिक, पोखरा । पोखरामा शनिबार राति परेको वर्षापछि नालीमा आएको भेलमा परी एक जना बेपत्ता भएका छन् भने एक जना घाइते भएका छन् ।

मोटरसाइकल पल्टिदा नालीमा परेका एक जना बेपत्ता हुन् ।

पानी परिरहेको समयमा शनिबार राति ९ बजे पोखरा लेखनाथ महानगरपालिका-१६ लामाचौरबाट बगरतर्फ आइरहेका बेला उपल्लो दीपस्थित गोर्खा बोर्डिङ स्कूल नजिकै बाइक नालिमा पल्टिदा पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १९ निवासी समानसिंह पुनका छोरा पिजन पुन बेपत्ता भएका हुन् ।

उनीसँगै मोटरसाइकलमा सवार दीपक पूर्जा भने सामान्य घाइते भई उपचाररत छन् ।

इञ्जिनिरिङ अध्ययन संस्थान लामाचौर नजिकबाट नालिमा खसेको बाइक करीब २५० फुट तल उपल्लो दीपस्थित गोर्खा बोर्डिङ स्कूल नजिक फेला परेको वडा नम्बर १६ का वडाध्यक्ष जीवन आचार्यले जानकारी दिए ।

बाइक कन्ट्रोलमा नहुँदा दरखराउँदै नालीमा खसेको र रगडिदै बगेको देखिएको उनले बताए । बाइकबाट लडेका पुन बाइकसँगै नालीमा खसेका थिए भने पूर्जा उछिट्टएिर बाटोमा बजारिएका थिए ।

घाइते पूर्जाको बोली पहिलेदेखि नै नबुझिने भएकाले दूर्घटनाको अनुसन्धानमा समेत कठिनाई भएको बताइएको छ । बेपत्ता पुनका खोजी भइरहेको वडा प्रहरी कार्यालय बगरले जनाएको छ ।

नाली अन्डरग्राउण्ड भएकाले निकाल्न समस्या भएको वडाध्यक्ष आचार्यले बताए । बाइक नकाटी ननिस्कने बताउँदै उनले बाइक नकाटी निकाल्ने हो भने नालीको ढलान भत्काउनु पर्ने र त्यो बाइकको मूल्य भन्दा पनि महङ्गो पर्ने बताए । यद्यपी प्रहरीले निकाल्ने प्रयास गरिरहेको जानकारी दिए ।

यसैबीच, कास्कीको मादी गाउँपालिका भाचोकबाट पोखरा आउँदै गरेको ग.१ ज.५७०२ नम्बरको जीप मादी गाउँपालिका वडा नम्बर १० थुम्सीकोटस्थित मकैखोलाको ओरालोमा दूर्घटना हुँदा १ जना घाइते भएका छन् ।

ब्रेक फेल भई ढिस्कोमा धस्सिदा स्थानिय कृष्ण पौडेल घाईते भएका हुन् । उनको हातमा चोट लागेको र स्थानिय अस्पतालमा उपचार भइरहेको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक खड्कबहादुर खत्रीले जानकारी दिए । जीपमा सवार अन्य ८ जना भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेकपालाई काउन्टर दिने तयारीमा बाबुराम र महन्थ, कांग्रेस पनि सहभागि हुने
नेकपालाई काउन्टर दिने तयारीमा बाबुराम र महन्थ, कांग्रेस पनि सहभागि हुने
३२ जिल्लामा मतपेटिका कहाँ राखिन्छ ? केपी ओली भन्छन्- बाकस हाम्रो आँखाबाट ओझेल पार्न पाइँदैन
३२ जिल्लामा मतपेटिका कहाँ राखिन्छ ? केपी ओली भन्छन्- बाकस हाम्रो आँखाबाट ओझेल पार्न पाइँदैन
सप्तकोशी नदीमा जलवहाव उच्च :  कोशी ब्यारेजका ५०ढोका खोलिए
सप्तकोशी नदीमा जलवहाव उच्च :  कोशी ब्यारेजका ५०ढोका खोलिए
राष्ट्रियसभाको विषयगत समिति गठन, काे काे परे समितिमा ?
राष्ट्रियसभाको विषयगत समिति गठन, काे काे परे समितिमा ?
को हुन् पाँच नम्बर प्रदेशमा मुख्यमन्त्रीका एक्ला दावेदार शङ्कर पोख्रेल ?
को हुन् पाँच नम्बर प्रदेशमा मुख्यमन्त्रीका एक्ला दावेदार शङ्कर पोख्रेल ?
प्रधानमन्त्री प्रचण्डद्वारा मन्त्रिपरिषद् विस्तार
प्रधानमन्त्री प्रचण्डद्वारा मन्त्रिपरिषद् विस्तार
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
नेप्से परिसूचक अाेरालाे, करिब नाै अंकले घट्याे शेयर मूल्य
नेप्से परिसूचक अाेरालाे, करिब नाै अंकले घट्याे शेयर मूल्य
Mosbet: onlayn kazino və idman mərclər
‘नशा यो कस्तो नशा’ गीतमा श्रेया दिनेशको रोमान्स (भिडियोसहित)
‘नशा यो कस्तो नशा’ गीतमा श्रेया दिनेशको रोमान्स (भिडियोसहित)

तपाईंले छुटाउनुभयो कि?