गाेमन सर्पले डसेर एक जनाकाे मृत्यु
सारांश
- झापा, ३१ असार ।
- विषालु सर्पको डसाइबाट झापामा एक जनाको मृत्यु भएको छ ।
- मृत्यु हुनेमा बिर्तामोड नगरपालिका– ६ बुट्टाबारी निवासी ४५ वर्षीय पिताम्बर ढकाल रहेका छन् ।
झापा, ३१ असार । विषालु सर्पको डसाइबाट झापामा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बिर्तामोड नगरपालिका– ६ बुट्टाबारी निवासी ४५ वर्षीय पिताम्बर ढकाल रहेका छन् । ढकाललाई अाइतबार बिहान गोठमा खोले पकाउने क्रममा गोमन सर्पले डसेको प्रहरीले जनाएको छ।
सर्पले डसेलगत्तै उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया