प्रचण्ड पनि भ्रमणमा: चिन पहिले कि भारत ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ २९, २०७५
|
|
४१ पटक हेरिएको
Shares
प्रचण्ड पनि भ्रमणमा: चिन पहिले कि भारत ?

सारांश

  • काठमाडौँ, २९ जेठ ।
  • नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारत र चीन भ्रमण जाने भएका छन् ।
  • तर, उनी पहिले भारत जाने कि चीन भन्ने खुलाएका छैनन् ।

काठमाडौँ, २९ जेठ । नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारत र चीन भ्रमण जाने भएका छन् । तर, उनी पहिले भारत जाने कि चीन भन्ने खुलाएका छैनन् ।

यद्यपी, निम्तोको हिसाबले उनले पहिलो भारतको निम्ता पाएका थिए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमण आएको बेला आफूलाई भारत भ्रणको निम्ता गरेको तथा एमालेसँग पार्टी एकता भइसकेपछि पार्टी अध्यक्षको हैसियामा चीन भ्रमणको निम्ता आएको प्रचण्डले बताए । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणबाट फर्केपछि आफू त्यसतर्फ जाने अध्यक्ष प्रचण्डको भनाई छ ।

मंगलबार चितवनको भरतपुर महानगरपालिकाले गरेको कार्यक्रममा उनले आफू विकासको एजेण्डा लिएर दुई छिमेकीको भ्रमणमा जान लागेको जानकारी दिए । नेपाल भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री मोदीले विकासको मात्रै एजेण्डामा छलफल गर्न भारत भ्रमणको निम्ता दिएको प्रचण्डले स्पष्ट पारे ।

साथै, प्रधानमन्त्री फर्केपछि पार्टी अध्यक्षको हैसियतमा चीन आउन आफूलाई बोलाइएको भन्दै उनले चीन जाने बताए । ओलीको भ्रमणपछि चीन आउन भनेर आफूलाई चिनियाँ कम्युनिष्ट पार्टीको निम्ता आइसकेको उनले जानकारी दिए ।

प्रधानमन्त्री ओली असार ५ गते चीन जाँदैछन् ।
उनले नेपालमा भारत र चीनले एक/एक वटा ऐतिहासिक योजना निर्माण गरोस् भन्ने एजेण्डा लिएर ती देशको भ्रमणमा जाने स्पष्ट पारे ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Chandra Adhikari

    सरकारि कर्मचारिलाई विदेशभ्रमणगर्न र खर्च पनि नदिने सरकारले नेताकाे भ्रमणमा पनि राज्यले भ्रमण खर्च नदेओस् ।

    Comment Author

    Durga Adhikari

    Ekata sangai bidesa yatra

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बजेटमा व्यवस्था गरिएअनुसार मिर्गौला पीडितलाई मासिक रु पाँच हजार माग
आजको राशिफल
आजको राशिफल
मिसेस नेपाल वर्ल्ड २०२४ मा २९ महिलाबीच अन्तिम स्पर्धा हुने
मिसेस नेपाल वर्ल्ड २०२४ मा २९ महिलाबीच अन्तिम स्पर्धा हुने
यस्ताे अवस्थामा भेटियाे दुर्घटनाग्रस्त हेलिकोप्टर !
यस्ताे अवस्थामा भेटियाे दुर्घटनाग्रस्त हेलिकोप्टर !
याे समुद्रि तट जहाँ पुरुष जान मनाहि छ !
याे समुद्रि तट जहाँ पुरुष जान मनाहि छ !
भायानेट सीईओ पाठक ‘व्यावसायिक वर्ष महिला २०२३’ बाट सम्मानित
भायानेट सीईओ पाठक ‘व्यावसायिक वर्ष महिला २०२३’ बाट सम्मानित
परराष्ट्रमन्त्री ज्ञवाली र बेलायतका राज्यमन्त्री फिल्डबीच भेटवार्ता
परराष्ट्रमन्त्री ज्ञवाली र बेलायतका राज्यमन्त्री फिल्डबीच भेटवार्ता
शासकीय सुधारका लागि संविधान संशोधनमा जानुपर्छ : पूर्वप्रधानमन्त्री डा भट्टराई
शासकीय सुधारका लागि संविधान संशोधनमा जानुपर्छ : पूर्वप्रधानमन्त्री डा भट्टराई
ओलीले जेल पर्दा जतिबेला ‘हामी जित्नेछौं एक दिन’ गीत गाए…
ओलीले जेल पर्दा जतिबेला ‘हामी जित्नेछौं एक दिन’ गीत गाए…
मन्त्रिपरिषदमा प्रधानमन्त्रीको ब्रिफिङ-सरकारले राजीनामा पनि दिँदैन, ३० दिन पनि काट्दैन
मन्त्रिपरिषदमा प्रधानमन्त्रीको ब्रिफिङ-सरकारले राजीनामा पनि दिँदैन, ३० दिन पनि काट्दैन