सडकमा दुध पोख्ने अवस्थाको अन्त्य हुन्छ कृषिमन्त्री खनाल
सारांश
- कृषि तथा पशुपन्छी मन्त्री चक्रपाणी खनालले अब साइकलदेखि ट्याङ्करसम्ममा दूधमा नियमन र अनुगमन गरिने बताएका छन् ।
- राष्ट्रिय दुग्ध बिकास बोर्डले सुनसरिको इटहरीमा आयोजना गरेको असल दुग्ध उत्पदन अभ्यास प्रशिक्षणलाई सम्बोधन गर्दै उनले भने, ‘ दूधको नियमनमा कडाइ गरिनेछ, मापदण्ड पुरा नगर्नेलाई बाँकी राखिन्न ।
- ’ दूधको गुणस्तर सुधार गर्न कुनै कसर बाँकी नराखिने उनको तर्क छ ।
कृषि तथा पशुपन्छी मन्त्री चक्रपाणी खनालले अब साइकलदेखि ट्याङ्करसम्ममा दूधमा नियमन र अनुगमन गरिने बताएका छन् । राष्ट्रिय दुग्ध बिकास बोर्डले सुनसरिको इटहरीमा आयोजना गरेको असल दुग्ध उत्पदन अभ्यास प्रशिक्षणलाई सम्बोधन गर्दै उनले भने, ‘ दूधको नियमनमा कडाइ गरिनेछ, मापदण्ड पुरा नगर्नेलाई बाँकी राखिन्न ।’
दूधको गुणस्तर सुधार गर्न कुनै कसर बाँकी नराखिने उनको तर्क छ । ‘सडकमा दूध पोख्ने दिनको अन्त्य हुन्छ,’ कृषि तथा पशुपन्छी मन्त्री चक्रपाणी खनाल भन्छन् ‘धेरै देशबाट नेपालमा दूध आएको पाइन्छ । बाहिरबाट सस्तोमा दूध आउँदा नेपाली किसानले प्रतिष्पर्धा गर्न सकेका छैनन । पाउडर लगायत अब कुनै पनि दूधको परिकार बिदेशबाट आयात गरिने छैन ।’ नेपाल दूधमा लगभग आत्मनिर्भरताको दिशामा देश रहेकाले दूध उत्पादक किसानलाई प्राथमिकतामा राखेर गोठबाटै सुधार गर्नु पर्छ राय उनको छ । सातै प्रदेशमा नार्कको कार्यालय स्थापना गर्ने बताउँदै उनले प्रदेश १ मा नार्कको कार्यलय सन्चालनको क्रममा आफू पूर्वमा आएको उनले जानकारी दिए । मन्त्रालयको पहलमा नार्कले किसान आवास परियोजना अन्तर्गत किसान आवास तालिम सुरु पनि गरेको उनले बताए ।
एक महिना लगाएर तयार पारेको कार्यविधि अव नार्कमा किसान त्यही बसेर तालिम लिन सक्नेछन् । तालिम एक सातादेखि १५० दिन सम्मको हुने उनले जानकारी गराए । सबैले बुझ्ने गरि २ घण्टा सैद्धान्तिक र बाँकी समय व्यवहारिक तालिन हुने पनि उनले बताए । कार्यक्रममा कृषि तथा पशुपन्छी राज्य मन्त्री रामकुमारी चौधरीले तालिमबाट सिकेको कुरालाई सोहि तरिकाले प्रयोग गर्न र अरुलाइ सिकाउन आग्रह गरेकी छन् । दूधको गुणस्तर सुधार गर्न सबैभन्दा बढि किसान आफै सचेत हुनु पर्ने उनको भनाई छ । ४ दिनसम्म चलेको तालिममा प्रदेश १ का २६ जना कृषक सहभागी भएका थिए ।
प्रतिक्रिया