भिड्दै नारायणकाजी र बाबुराम ! कस्ले मार्ला बाजी ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक ५, २०७४
|
|
२४ पटक हेरिएको
Shares
भिड्दै नारायणकाजी र बाबुराम ! कस्ले मार्ला बाजी ?

सारांश

  • गोरखा : गोरखाको क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभाका लागि माओवादी केन्द्रका नेता नारायणकाजी र नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले उम्‍मेदवारी दर्ता गराएका छन्।
  • नारा जुलुस र तामजामका साथ आएका श्रेष्ठले दिउँसो साढे दुई बजे क्षेत्र नम्बर २ को निर्वाचन कार्यलयमा उम्‍मेदवारी दर्ता गरेका हुन्।
  • उनको उम्‍मेदवारीको प्रस्तावकमा माओवादी सहिद सुरश वाग्लेका पुत्र विकास वाग्ले र समर्थकमा नेकपा एमालेका जिल्ला अध्यक्ष प्रेम गुरुङ रहेका छन्।

गोरखा : गोरखाको क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभाका लागि माओवादी केन्द्रका नेता नारायणकाजी र नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले उम्‍मेदवारी दर्ता गराएका छन्। नारा जुलुस र तामजामका साथ आएका श्रेष्ठले दिउँसो साढे दुई बजे क्षेत्र नम्बर २ को निर्वाचन कार्यलयमा उम्‍मेदवारी दर्ता गरेका हुन्। उनको उम्‍मेदवारीको प्रस्तावकमा माओवादी सहिद सुरश वाग्लेका पुत्र विकास वाग्ले र समर्थकमा नेकपा एमालेका जिल्ला अध्यक्ष प्रेम गुरुङ रहेका छन्।

त्यस्तै नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई दिउँसो साढे तीन बजे उम्मेदवारी गर्दा गरेका छन् । उनको प्रस्तावमा नयाँ शक्तिका जिल्ला संयोजक रमेश पोखरेल र समर्थकमा कांग्रेसका जिल्ला सभापति हरिबहादुर घले रहेका थिए।

यस्तै त्यही निर्वाचन क्षेत्रको प्रदेश ‘क’ मा नयाँ शक्तिका हरिशरण आचार्यले प्रदेशसभाका लागि उम्‍मेदवारी दर्ता गराएका छन्। आचार्यको प्रस्तावकमा नयाँ शक्तिका ज्ञानेन्द्र कुमाल र समर्थकमा सरोज देवकोटा रहेका छन्।

यस्तै गोरखाकै क्षेत्र नम्बरमा २ को ‘प्रदेश ख’मा कांग्रेसका प्रकाशचन्द्र दवाडीले उम्मेदवारी दर्ता गराएका छन्। उनको प्रस्तावकमा कांग्रेसका गोविन्द गुरुङ र समर्थकमा नयाँ शक्तिका चित्र गुरुङ रहेका छन्।

यस्तै माओवादीबाट प्रदेशसभा ‘क’मा कमला नहर्कीको उम्मेदवारी परेको छ।उनको प्रस्तावकमा माओवादीका राजकुमार कोइराला र समर्थकमा एमालेका प्रकाश न्यौपाने रहेका छन्। यस्तै प्रदेशमा ‘ख’मा माओवादीकै अमर तमुले उम्‍मेदवारी दर्ता गराएका छन्। उनको प्रस्तावमा माओवपादीका धामी बराम र समर्थकमा एमालेका देवराज श्रेष्ठ रहेका थिए।

यस्तै गोरखा क्षेत्र १ मा प्रतिनिधिसभाका लागि कांग्रेसका चीनकाजी श्रेष्ठले उम्‍मेदवारी दर्ता गराएका छन्। उनको प्रस्तावकमा कांग्रेस जीवन प्रेम श्रेष्ठ रहेका छन् भने समर्थकमा नयाँ शक्तिका लक्ष्मण गुरुङ रहेका छन्।यस्तै माओवादीबाट हरि अधिकारीले उम्‍मेदावरी दर्ता गरेका छन्।

यस्तै प्रदेशसभाका लागि गोरखा क्षेत्र १ को प्रदेश ‘क’ मा कांग्रेसबाट धीरन थापा उम्‍मेदवारी दिएका छन्। उनलाई कांग्रेसका राजन पन्तले प्रस्तावक र नयाँ शक्तिका गोपाल बाबु श्रेष्ठ समर्थन गरेका दिएका छन्।

प्रेदश ‘ख’मा काग्रेसका राजेन्द्र बजगाइले उम्‍मेदवारी दिएका छन्। उनको उम्‍मेदवारीमा कांग्रेसका ईश्वर पाण्डे प्रस्तावकमा बसेका छन् भने नयाँ शक्तिका रोहिणीप्रसाद पाण्डे समर्थकमा बसेका छन्।

त्यस्तै क्षेत्र नम्बर एककै प्रदेश क मा माओवादादीका लेख बहादुर थापालको उमेमदा दर्ता गराएका छन्। उनको प्रस्तावकमा माओवादीका गोवर्द्धन श्रेष्ठ र समर्थकमा एमाले सम्झना देवकोटा रहेका छन्।
तयस्तै प्रदेश नम्बर खमा नेकपा एमालेका तर्फबाट रामशरण बस्नेतले प्रदेश सभाका लागि उम्मेवारी दर्ता गराएका छन्। उनको प्रस्तावमा एमालेका कृष्ण नेपाली र समर्थकमा माओवादीका जगन्‍नाथ खनाल रहेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?