अभिनेता मुकेशको ‘परिणाम’

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १२, २०७३
|
|
२१६ पटक हेरिएको
Shares
अभिनेता मुकेशको  ‘परिणाम’

सारांश

  • अभिनेता मुकेश ढकाल अमेरिका हानिएको दुइ बर्ष बढि भइसक्यो ।
  • तर उनले खेलेका फिल्महरु अहिलेसम्म पनि रिलिज पाइपलाइनमा छन् ।
  • यहि माघ २१ मा मात्रै उनको ‘परिणाम’ नामको फिल्म रिलिजको क्रममा छ ।

अभिनेता मुकेश ढकाल अमेरिका हानिएको दुइ बर्ष बढि भइसक्यो । तर उनले खेलेका फिल्महरु अहिलेसम्म पनि रिलिज पाइपलाइनमा छन् । यहि माघ २१ मा मात्रै उनको ‘परिणाम’ नामको फिल्म रिलिजको क्रममा छ । तर लिड अभिनेता नै देश बाहिर हुँदा निर्माण टिमलाइ कति घाटा त ?

‘परिणाम’ निर्देशक हरिपराजुली भन्छन, ‘लिड हिरो नै देश बाहिर हुँदा घाटै घाटा छ, देश बाहिर भए पनि उहाँबाट सामाजिक सञ्जालसम्म प्रचारको आशा तियो, त्यो पनि पाइएन, उहाँको अहमताको अघि हाम्रो के लाग्ने र ?’ पराजुलीले थपे, ‘मिडिया प्रचारमा मुकेशको अभाव निकै खड्केको भए पनि त्यसलाइ पुरा गर्न अभिनेत्रीहरु अनि अन्य कलाकार साथमा लिएर लागिरहेका छौं, सफलताको आशा जिवितै छ ।’

सम्पर्क गर्न खोज्दा समेत मुकेश सम्पर्कमा आउन नचाहेको निर्माण टिमको दुखेसो छ । यो फिल्ममा मुकेशसँगै सारिका घिमिरे, झरना रिसाल, किसन सुनार, असिम शेर्पा, सञ्जय न्यौपाने, जुना क्षेत्री लगायत अभिनयमा छन् । नारी प्रधा भनिएको फिल्ममा लगानी पनि पराजुलीकै छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?