१० वर्षे नेपाली बालकका खुट्टाका औंला हातमा प्रत्यारोपण

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक ७, २०७४
|
|
३२ पटक हेरिएको
Shares
१० वर्षे नेपाली बालकका खुट्टाका औंला हातमा प्रत्यारोपण

सारांश

  • ७ कात्तिक, नयाँदिल्ली ।
  • सफ्दरगञ्ज अस्पतालका चिकित्सकहरुले एक १० वर्षीय नेपाली बालकको औंला सफलतापूर्वक प्रत्यारोपण गरेका छन् ।
  • उनको खुट्टाका दुई औंला शल्यक्रियामार्फत् हातमा प्रत्यारोपण गरिएको हो ।

७ कात्तिक, नयाँदिल्ली । सफ्दरगञ्ज अस्पतालका चिकित्सकहरुले एक १० वर्षीय नेपाली बालकको औंला सफलतापूर्वक प्रत्यारोपण गरेका छन् ।

उनको खुट्टाका दुई औंला शल्यक्रियामार्फत् हातमा प्रत्यारोपण गरिएको हो । सन् २०१५ मा आगलागीमा परी उनको हातका औंला गुमेका थिए । अस्पतालका प्लास्टिक सर्जरी विभागका प्राध्यापक राकेश कैनका अनुसार उनको नाडी आगोका कारण फैलिएको थियो ।

शल्यक्रियाको क्रममा उनको एक हात नाडीबाट र अर्को औंलादेखि पाखुरासम्म काट्नु परेको थियो । उनका हात काम गर्न नसक्ने अवस्थामा थिए । कलम समाउन पनि सक्दैनथे, उनले । सोही कारण उनको आत्मविश्वास कम भएको थियो ।

चिकित्सकहरुले उनका खुट्टाका औंला हातमा ल्याएर जोड्ने विधि अपनाए । १० घण्टाको शल्यक्रिया क्रममा आगोबाट जलेको भागमा रक्तसञ्चार पुनः सुरु गराउन चिकित्सकहरुले सफलता पाए ।

‘यो प्रक्रिया एकदमै चुनौतीपूर्ण थियो र लामो समय बेहोसीमा राख्नुपर्ने थियो,’ डा. कैनले भने, ‘तर, माइक्रोभास्कुलर रक्तप्रवाह कायम राख्न औंला प्रत्यारोपण जरुरी थियो ।’

उनका अनुसार शल्यक्रिया असफल भएको भए ती बालक मानसिक आघातमा पर्नेसक्ने थिए । ‘अब उनी आफ्नो नियमित काममा फर्किन सक्ने भएका छन्,’ डा. कैनले भने ।

(www.sociobits.org)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?