काम छाडेर तास खेल्छन् :विद्युत प्राधिकरणका कर्मचारी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष २६, २०७३
|
|
१३६ पटक हेरिएको
Shares
काम छाडेर तास खेल्छन् :विद्युत प्राधिकरणका कर्मचारी

सारांश

  • गाउँमा विजुली विग्रिएपछि मर्मतका लागि एक जना सेवाग्राहीले विद्युत प्राधिकरण दमकको वितरण शाखाका कार्यालय प्रमुख सुरेन्द्रकुमार शाहलाई फोन गरे ।
  • सेवाग्राहीको सबै कुरा सुनिनसक्दै शाहले कार्यालयमा कर्मचारी नभएकाले तत्काल काम गर्न नसकिने बताए ।
  • शाहको कुरा सुनिकसेपछि सेवाग्राही कार्यालयमै पुगे ।

गाउँमा विजुली विग्रिएपछि मर्मतका लागि एक जना सेवाग्राहीले विद्युत प्राधिकरण दमकको वितरण शाखाका कार्यालय प्रमुख सुरेन्द्रकुमार शाहलाई फोन गरे । सेवाग्राहीको सबै कुरा सुनिनसक्दै शाहले कार्यालयमा कर्मचारी नभएकाले तत्काल काम गर्न नसकिने बताए ।


शाहको कुरा सुनिकसेपछि सेवाग्राही कार्यालयमै पुगे । जहाँ कार्यालयका तास खेलिरहेका देखे । त्यसपछि उनले स्थानीय सञ्चारकर्मीहरुलाई खबर गरे|

सञ्चारकर्मीहरुले प्राधिकरण शाखा कार्याल पुगेर कर्मचारीहरुले कार्यालयभित्रै तास खेलिरहेको तस्वीर खिच्दा पनि खेल रोकिएन । कार्यालय प्रमुख शाहले तास खेल्ने कर्मचारीलाई कारबाही गर्ने औसत प्रतिक्रिया दिए ।

सर्वाजनिक स्थलमा जुवा तास खेल्नेलाई अवस्थाको गम्भीरत हेरेर सार्वजनिक अपराध ऐनअन्तरगत २० हजारदेखि ४८ हजार रुपैयाँसम्म जरिवना हुने व्यवस्था छ ।

झापाका प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीले पनि तास खेलेको प्रमाण पाइएमा कारबाही गर्ने बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?