आगलागीबाट २२ घर नष्ट

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष १३, २०७५
|
|
५० पटक हेरिएको
Shares
आगलागीबाट २२ घर नष्ट

सारांश

  • भद्रपुर, १३ पुस, झापाको मेचीनगर नगरपालिका–६ स्थित भानु टोलमा बिहीबार राति आगलागी हुँदा २२ घर पूर्णरूपमा नष्ट भएका छन् ।
  • साठी बिघास्थित पशु बधशाला नजिकको बस्तीमा राति करीब ८ बजेबाट शुरु भएको आगलागी करीब एक घण्टापछि नियन्त्रणमा आएको काँकडभिट्टा इलाका प्रहरी कार्यालयले जनाएको छ ।
  • आगलागीबाट छेउछाउका अन्य केही घरमा समेत सामान्य क्षति पुगेको छ ।

भद्रपुर, १३ पुस, झापाको मेचीनगर नगरपालिका–६ स्थित भानु टोलमा बिहीबार राति आगलागी हुँदा २२ घर पूर्णरूपमा नष्ट भएका छन् । साठी बिघास्थित पशु बधशाला नजिकको बस्तीमा राति करीब ८ बजेबाट शुरु भएको आगलागी करीब एक घण्टापछि नियन्त्रणमा आएको काँकडभिट्टा इलाका प्रहरी कार्यालयले जनाएको छ ।

आगलागीबाट छेउछाउका अन्य केही घरमा समेत सामान्य क्षति पुगेको छ । मेचीनगर, भद्रपुर र विर्तामोडका तीन वारुणयन्त्र, प्रहरी र स्थानीयवासीको प्रयासमा आगो नियन्त्रणमा आएको थियो ।स्थानीय छविलाल आङ्दम्बेको घरमा मैनवत्तीबाट सल्किएको आगो अनिन्यत्रित भएर फैलिँदा २२ घर जल्न पुगेको प्रहरी नायब उपरीक्षक महेश थापाले बताउनुभयो ।

आगलागी भएको स्थानमा फुसका छाना भएकाले आगो चाँडो सल्किएको र मेचीनगरमा एउटा मात्र दमकल भएकाले नियन्त्रणमा लिन समस्या भएको प्रहरीले जनाएको छ । आगलागीका कारण भएको क्षतिबारे अनुसन्धान भइरहेको र आगलागीपीडितलाई राहत उपलब्ध गराउन नेपाल रेडक्रस सोसाइटीको टोली आज बिहानै घटनास्थल पुगको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रूचाइएन ‘प्रबलीकरण’ प्रविधि
रूचाइएन ‘प्रबलीकरण’ प्रविधि
बेपत्ता युवक खोज्न आज सेतीको बाँध खोलिँदै
बेपत्ता युवक खोज्न आज सेतीको बाँध खोलिँदै
१८ वर्षे जवानीमा यस्ती देखिइन् तेरिया मगर, हेर्नुस् फोटो फिचर
१८ वर्षे जवानीमा यस्ती देखिइन् तेरिया मगर, हेर्नुस् फोटो फिचर
बामदेवको डोल्पाबाट सांसद बन्ने सपना साकार हुन सकेन
सूर्य चिन्ह बाटै चुनाव लड्दै चित्रबहादुर केसी ,बाम गठबन्धनमा  जनमोर्चा नेपाल पनि सामेल
सूर्य चिन्ह बाटै चुनाव लड्दै चित्रबहादुर केसी ,बाम गठबन्धनमा जनमोर्चा नेपाल पनि सामेल
जेलमै बिरामी पूर्वराष्ट्रपति गयुमको स्वास्थ्य अवस्था थप जटिल बन्दै
जेलमै बिरामी पूर्वराष्ट्रपति गयुमको स्वास्थ्य अवस्था थप जटिल बन्दै
दशनामीको अध्यक्षमा गिरी निर्वाचित !
दशनामीको अध्यक्षमा गिरी निर्वाचित !
४६३ जना कोरोना भाइरसका संक्रमित थपिए
४६३ जना कोरोना भाइरसका संक्रमित थपिए
अनेरास्ववियुद्धारा भोली दाङ्ग बन्द !!! माओबादी भन्छ बन्द, हड्तालमा जाने कार्यकर्तालाइ कारबाही गरिने….
अनेरास्ववियुद्धारा भोली दाङ्ग बन्द !!! माओबादी भन्छ बन्द, हड्तालमा जाने कार्यकर्तालाइ कारबाही गरिने….
द्वन्द्वकालमा पार्टीको झण्डा बनाए, अहिले साइनबोर्ड !
द्वन्द्वकालमा पार्टीको झण्डा बनाए, अहिले साइनबोर्ड !