प्राविधिक कारण देखाएर चुनावमा अवरोध गर्ने कुनै पनि कार्य स्वीकार्य नहुने _नेकपा (एमाले )।

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक ९, २०७४
|
|
२१ पटक हेरिएको
Shares
प्राविधिक कारण देखाएर चुनावमा अवरोध गर्ने कुनै पनि कार्य स्वीकार्य नहुने _नेकपा (एमाले )।

सारांश

  • नेकपा एमालेले प्राविधिक कारण देखाएर चुनावमा अवरोध गर्ने कुनै पनि कार्य स्वीकार्य नहुने जनाएको छ ।
  • नेकपा (एमाले) स्थायी कमिटीको बैठकले प्रदेश तथा संघीय चुनावका फरक फरक मत पत्र बनाउन दिएको आदेशप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
  • ‘आगामी मङ्सिरका लागि तय गरिएको निर्वाचन मौसमका कारणले पनि पर सार्नु संभव र उचित नहुने यथार्थप्रति जोड दिंदै यस्तो अवस्थामा कुनै पनि प्राविधिक कारण देखाएर निर्वाचन सम्बन्धी कुनै पनि कार्यमा प्रतिकूल प्रभाव पार्ने कुरा नेकपा (एमाले) का लागि स्वीकार्य नहुने कुरा स्पष्ट पार्न चाहन्छौं’ एमालेले भनेको छ, ‘आगामी निर्वाचन संविधानको कार्यान्वयन र सङ्क्रमणकाललाई टुङ्ग्याउन अत्यन्त महत्वपूर्ण रहेको हुनाले निर्वाचन आयोग लगायत सम्बद्ध सबै निकायहरुलाई निर्वाचनको चालू प्रक्रियालाई बिना कुनै अवरोध र बिना विलम्ब निष्कर्षमा पुर्‍याउन ध्यानाकर्षण गर्दछ ।
नेकपा एमालेले प्राविधिक कारण देखाएर चुनावमा अवरोध गर्ने कुनै पनि कार्य स्वीकार्य नहुने जनाएको छ । नेकपा (एमाले) स्थायी कमिटीको बैठकले प्रदेश तथा संघीय चुनावका फरक फरक मत पत्र बनाउन दिएको आदेशप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ‘आगामी मङ्सिरका लागि तय गरिएको निर्वाचन मौसमका कारणले पनि पर सार्नु संभव र उचित नहुने यथार्थप्रति जोड दिंदै यस्तो अवस्थामा कुनै पनि प्राविधिक कारण देखाएर निर्वाचन सम्बन्धी कुनै पनि कार्यमा प्रतिकूल प्रभाव पार्ने कुरा नेकपा (एमाले) का लागि स्वीकार्य नहुने कुरा स्पष्ट पार्न चाहन्छौं’ एमालेले भनेको छ, ‘आगामी निर्वाचन संविधानको कार्यान्वयन र सङ्क्रमणकाललाई टुङ्ग्याउन अत्यन्त महत्वपूर्ण रहेको हुनाले निर्वाचन आयोग लगायत सम्बद्ध सबै निकायहरुलाई निर्वाचनको चालू प्रक्रियालाई बिना कुनै अवरोध र बिना विलम्ब निष्कर्षमा पुर्‍याउन ध्यानाकर्षण गर्दछ । ‘ एमालेले निर्वाचन आयोगले तयार पारेको मतपत्रको ढाँचाले कुनै पनि मतदाताको संवैधानिक कानुनी मौलिक र नागरिक हक कुण्ठित नहुने जनाएको छ । ‘ निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने र समानुपातिक प्रणालीका उम्मेदवारका लागि अलग–अलग मतपत्रको ढाँचा तयार गरिसकेको तथा उक्त ढाँचाबाट कुनै पनि नागरिक या मतदाताको कुनै पनि संवैधानिक, कानुनी, मौलिक तथा नागरिक हकको प्रयोगमा वाधा नपुग्ने, मतपत्र मार्फत् मतदाताले आफूले मन पराएको दल या उम्मेदवार छनोट गर्न र तत्सम्बन्धी निजको गोपनीयतामा कुनै व्यवधान नपुग्ने स्थिति स्पष्ट छ,’ एमालेले भनेको छ। बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले सचिव प्रदीप ज्ञवालीले मुख्य मुद्दामा नआएको विषयलाई त्यसको सहायक मुद्दामा आदेश दिएको भन्दै फैसलाको नियमप्रति शंका लागेको बताए ।
 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?