तेह्रथुममा दलहरुले उम्मेदवार टुंगो लगाए, चुनावी सरगर्मी बढ्यो

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक १५, २०७४
|
|
३४ पटक हेरिएको
Shares
तेह्रथुममा दलहरुले उम्मेदवार टुंगो लगाए, चुनावी सरगर्मी बढ्यो

सारांश

  • तेह्रथुममा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि चुनावी सरगर्मी बढेको छ ।
  • जिल्लामा रहेका प्रमुख दलहरुले प्रतिनिधि सभा र प्रदेश सभाका लागि उम्मेदवार टुंगो लगाएपछि चुनावी सरगर्मी तातेको हो ।
  • चोकचोकमा रहेका चिया पसलदेखि जमघट हुने सार्वजनिकस्थलमा दलले उठाएका उम्मेदवारको विषयमा चर्चा हुन थालेको छ ।

तेह्रथुममा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि चुनावी सरगर्मी बढेको छ । जिल्लामा रहेका प्रमुख दलहरुले प्रतिनिधि सभा र प्रदेश सभाका लागि उम्मेदवार टुंगो लगाएपछि चुनावी सरगर्मी तातेको हो ।

चोकचोकमा रहेका चिया पसलदेखि जमघट हुने सार्वजनिकस्थलमा दलले उठाएका उम्मेदवारको विषयमा चर्चा हुन थालेको छ । नेपाली काँग्रेस तेह्रथुमले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था राज्यमन्त्री सीता गुरुङलाई प्रतिनिधि सभाका लागि उम्मेदवार बनाएको छ ।

वाम गठबन्धनले एमालेका तर्पmबाट प्रतिनिधि सभाका लागि पूर्व सभासद् भवानी खापुङलाई उम्मेदवार बनाएको छ । राज्यमन्त्री गुरुङ र खापुङबीचको चुनावी प्रतिष्पर्धा निकै रोचक हुने राजनीतिक विश्लेषकले बताएका छन् ।

महिलानेत्री गुरुङ नेपाली काँग्रेसकी निर्वाचित केन्द्रय सदस्य हुनुहुन्छ । २०६४ र २०७० को संविधान सभाको निर्वाचन गरी गुरुङ जिल्लाबाट दुई पटक समानुपातिक सभासद् हुनुभएको छ । एमालेका खापुङ २०७० को संविधान सभा निर्वाचनमा प्रत्यक्षबाट निर्वाचित पूर्व सभासद् हुनुहुन्थ्यो ।

प्रदेशसभा निर्वाचन क्षेत्र १ बाट नेपाली काँग्रेसले अनुभवी नेता गोविन्द ढुंगानालाई उम्मेदवार बनाएको छ । गठबन्धनबाट एमालेले लक्ष्मण तिवारीलाई प्रदेशसभाका लागि उम्मेदवार बनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

क्यानडाका प्रधानमन्त्री पत्नीलाई कोरोना भाइरसको संक्रमणपछि दम्पत्ति क्वारेन्टाइनमा
क्यानडाका प्रधानमन्त्री पत्नीलाई कोरोना भाइरसको संक्रमणपछि दम्पत्ति क्वारेन्टाइनमा
आधुनिक युवाको प्रेम र धोकाको चित्रण: माघ २३ मा आउँदै ‘रमिताको पिरती’
आधुनिक युवाको प्रेम र धोकाको चित्रण: माघ २३ मा आउँदै ‘रमिताको पिरती’
एक सर्वेक्षणको खुलासाः महिला चाहन्छन् यस्तो यौन जीवन
एक सर्वेक्षणको खुलासाः महिला चाहन्छन् यस्तो यौन जीवन
देउवाको कार्यशैली र गिरोहवादबाट पार्टी चल्न सक्दैन : केसी
देउवाको कार्यशैली र गिरोहवादबाट पार्टी चल्न सक्दैन : केसी
एमालेबाट ४ सांसद राख्दै संसदले गठन गर्‍यो महाअभियोग सिफारिस समिति
एमालेबाट ४ सांसद राख्दै संसदले गठन गर्‍यो महाअभियोग सिफारिस समिति
सुषमा स्वराज उडेपछि केपी ओलीलाई कांग्रेस प्रवक्ताको यस्तो झटारो
सुषमा स्वराज उडेपछि केपी ओलीलाई कांग्रेस प्रवक्ताको यस्तो झटारो
चैतसम्ममा काठमाडौँलाई मगन्तेरहित बनाइने
चैतसम्ममा काठमाडौँलाई मगन्तेरहित बनाइने
क्षेप्यास्त्र प्रहारपछि अमेरिकी सैन्य आधार शिविर क्षति भएको छैन : ट्रम्प
क्षेप्यास्त्र प्रहारपछि अमेरिकी सैन्य आधार शिविर क्षति भएको छैन : ट्रम्प
बिरगंज हार्डवेयर एशोसिएसन को सातौ वार्षिक साधारण सभा ।
बिरगंज हार्डवेयर एशोसिएसन को सातौ वार्षिक साधारण सभा ।
कालापानीसहितको नक्शा पढाउन शिक्षामन्त्रीको आग्रह
कालापानीसहितको नक्शा पढाउन शिक्षामन्त्रीको आग्रह

तपाईंले छुटाउनुभयो कि?