घर्तीसँगको प्रतिष्पर्धा गुरुङका लागि ‘फलामको चिउरा’ !
सारांश
- लमजुङमा संघीय संसदका लागि एउटा मात्रै सिट छ ।
- यहाँ कांग्रेसले पुराना नेता दिलबहादुर घर्तीलाई चुनावी मैदानामा उतारेको छ भने एमाले माओवादीको वाम गठबन्धनबाट माओवादी केन्द्रका नेता देव गुरुङलाई उम्मेदवार बनाएको छ ।
- ०७० सालमा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा एमालेका केन्द्रिय सचिव समेत रहेका पृथ्वीसुब्बा गुरुङले कांग्रेसका चन्द्रबहादुर कुँवरसँग हार्नुप¥यो ।
लमजुङमा संघीय संसदका लागि एउटा मात्रै सिट छ । यहाँ कांग्रेसले पुराना नेता दिलबहादुर घर्तीलाई चुनावी मैदानामा उतारेको छ भने एमाले माओवादीको वाम गठबन्धनबाट माओवादी केन्द्रका नेता देव गुरुङलाई उम्मेदवार बनाएको छ ।
०७० सालमा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा एमालेका केन्द्रिय सचिव समेत रहेका पृथ्वीसुब्बा गुरुङले कांग्रेसका चन्द्रबहादुर कुँवरसँग हार्नुप¥यो । यस कारण पनि देव गुरुङलाई लमजुङमा प्रतिनिधिसभाको लागि उम्मेदवार बनाइएको हो । बाम गठबन्धनले मनाङका गुरुङलाई लमजुङमा उम्मेदवार बनाएपछि एमाले लमजुङका नेता तथा कार्यकर्ताहरु रुष्ट बनेका छन् भने भित्रभित्रै गोप्य रणनीतिमा जुटेको बुझिएको छ ।
उता, कांग्रेसबाट प्रतिनिधिसभाका लागि चुनावी मैदानमा ओर्लिएका दिलबहादुर घर्तीले जिल्लाका मतदाताहरुको मन जितिरहेका छन् । लामो समयसम्म केन्द्रको मुलधारमा बसेर कांग्रेसको राजनिति गर्दै आएका उनी आफूले सजिलै चुनाव जित्ने बताउँछन् ।
लमजुङमा आगामी निर्बाचनका लागि एक लाख १५ हजार चार सय ४९ मतदाताले मत दिनेछन् । जिल्लामा यसपटक एक सय २३ मतदानस्थल तय भएका छन् । तिनमा एक सय ६५ वटा मतदान केन्द्र रहने जिल्ला निर्वाचन कार्यालय प्रमुख तुलसीप्रसाद तिमिल्सिनाले बताए ।
प्रतिक्रिया