जम्मु काश्मिरमा पाँच लडाकूको मृत्यु
सारांश
- जम्मु काश्मिर, २४ साउन ।
- भारत प्रशासित जम्मु काश्मिरको बारामुल्ला जिल्लाको रफियाबादमा जारी मुठभेडका क्रममा सुरक्षाफौजको गोली लागेर कम्तीमा पाँच लडाकूको मृत्यु भएको छ ।
- बुधबार पनि सुरक्षाफौजको कारबाहीमा चार जना लडाकू मारिएका थिए ।
जम्मु काश्मिर, २४ साउन । भारत प्रशासित जम्मु काश्मिरको बारामुल्ला जिल्लाको रफियाबादमा जारी मुठभेडका क्रममा सुरक्षाफौजको गोली लागेर कम्तीमा पाँच लडाकूको मृत्यु भएको छ । बुधबार पनि सुरक्षाफौजको कारबाहीमा चार जना लडाकू मारिएका थिए ।
बुधबार खराब मौसमका कारण रोकिएको सेनाको कारबाही बिहीबार बिहानैदेखि सुरु भएको थियो । प्राप्त जानकारी अनुसार, अब्दुल मजिद शाह नाम गरेका एक लडाकूलाई सुरक्षाफौजले पक्रेको छ । उनीबाट सेनाले हातहतियार र अन्य बन्दोबस्तीका सामग्री समेत बरामद गरेको थियो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया