मुटुरोगको समस्या भयावह बन्दैछ : डा उपाध्याय

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र २१, २०७९
|
|
२७ पटक हेरिएको
Shares
मुटुरोगको समस्या भयावह बन्दैछ : डा उपाध्याय

सारांश

  • काठमाडौं।
  • नेपालका प्रसिद्ध मुटुरोग विशेषज्ञको रुपमा परिचित छन् डा.
  • अवनिभूषण उपाध्याय ।

काठमाडौं। नेपालका प्रसिद्ध मुटुरोग विशेषज्ञको रुपमा परिचित छन् डा. अवनिभूषण उपाध्याय । व्यावसायिक जीवनका क्रममा विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै सरकारी, गैरसरकारी र निजी तीनवटै क्षेत्रमा कुशलतापूर्वक नेतृत्वदायी भूमिका निर्वाह गरी सात दशकको उमेरमा पनि उनी उत्तिकै क्रियाशील छन्।

उनले वीर अस्पतालका अतिरिक्त भक्तपुर, उदयपुर, जनकपुर, मेडिकियर, गङ्गालाल, सार्क हार्ट फाउण्डेसनमा संलग्न भई मुटु रोग उपचारमा सेवा पुर्‍याँदै आएका छन्। तत्कालीन सोभियत सङ्घबाट चिकित्सा विज्ञानको मुटु रोग विधामा विशेषज्ञता हासिल गरेका उनले देशका कुनाकन्दारामा पुगेर मुटु रोग उपचार सेवा पुर्‍याएका छन्। जीवन र सङ्घर्षलाई नङ र मासुजस्तै परिपूरक ठान्नु हुने उनी कामको अनुभव विश्वविद्यालयमा पढेर पाइने होइन, त्यसका लागि कार्य गर्नै पर्छ, ठक्कर खानैपर्छ भन्ने मान्यतामा विश्वास गर्छन् । व्यवहारबाट प्राप्त हुने अनुभव भनेको आगोको भुङ्गोमा पगालेर सुन्दर आकार दिइएको सुनजस्तै उहाँ पनि उच्च शैक्षिक डिग्रीसँगै अनुभवले खारिएका परिपक्व चिकित्सक हुन्।

उनको हालै मुटुसँग सहयात्रा नामक आत्मवृतान्त पुस्तक समेत प्रकाशित भएको छ । पुस्तकभित्र एक नेपाली डाक्टरको जीवन कथा, भोगाइ, अवसर र चुनौतीका अतिरिक्त नेपाली समाजको चित्रण, मुलुकको स्वास्थ्य प्रशासन, राजनीतिक र भूगोललगायतका विषयको रोचक चित्र समेटिएको छ । पुस्तकमा रोचक सन्दर्भ, व्यावसायिक जीवन आरम्भ, सुधार गर्न सकिँदोरहेछ, वीरका चुनौतीपूर्ण ती दिन, फरक अवधारणाको अस्पताल, मुटु जोगाउने अभियान, गौरवपूर्ण गङ्गालाल हृदय केन्द्र, न्याम्सको चपेटामा वीर अस्पताल, भिआइपीको उपचार, स्वास्थ्य र राजनीति शीर्षकमा विषयगत महत्वपूर्ण घटनासम्बन्धी अध्याय समावेश गरिएका छन् ।

प्रस्तुत छ, नेपालमा मुटुरोगको अवस्था, रोगको उपचार, निदान र रोकथाममा गर्नुपर्ने पहल तथा आम नागरिकले स्वस्थ मुटुका लागि अपनाउनुपर्ने जीवनशैलीका बारेमागरेकाे कुराकानीको अंश :

यहाँले करिब ४० वर्षदेखि मुटु रोगको उपचारमा क्रियाशील रहँदै आउनु भएको छ । सुरुमा कहाँबाट सेवा आरम्भ गर्नुभयो ?

रसियाबाट मुटुमा पोष्ट ग्राजुएट गरेर फर्केपछि २०३५ सालमा वीर अस्पतालमा काम सुरु गरेँ । डा मृगेन्द्रराज पाण्डेले मुटुको छुट्टै युनिट सञ्चालन गर्न दिनुभयो । त्यतिबेला हामीले विदेशबाट केही उपकरणहरु ल्याएर वीर अस्पतालमा मुटुरोगको छुट्टै उपचार सेवा सुरु गरेका थियौँं । हाम्रो टिम राम्रो थियो । डा पाण्डे देशमा मुटुक रोगीको सङ्ख्या बढ्दै गएका कारण यसको उपचारसँगै रोकथाम कसरी गर्न सकिन्छ भन्ने कुरामा बढी नै चिन्तित हुनुहुन्थ्यो । त्यसैले उहाँकै सल्लाहमा उपचारसँगै जनचेतना अभिवृद्धि गराउने उद्देश्यले २०४५ सालमा नेपाल हार्ट फाउण्डेशन स्थापना गरियो । अहिले यसको देशभरि शाखा विस्तार भई जनचेतनामूलक विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन् । यस फाण्डेशनको स्थापना गर्नुको अर्को उद्देश्य देशमा मुटुरोगको उपचार गर्ने अलग्गै अस्पताल स्थापना गर्नुपर्दछ भन्ने पनि रहेको थियो ।

शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको स्थापना यसैको उद्देश्यअनुसार नै भएको हो त ?

हो । तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी बिरामी भएपछि उहाँको उपचारमा वीर अस्पतालबाट म र त्रिवि शिक्षण अस्पतालबाट डा अरुण सायमी खटियौंँ । त्यतिबेलाका स्वास्थ्यमन्त्री पद्मरत्न तुलाधरसँग पनि मुटुरोगको अलग्गै अस्पताल स्थापना गर्नु जरुरी भएको कुरा राख्यौँ । उहाँ हाम्रो कुरामा सहमत हुनुभयो । काठमाडौँको बाँसबारीस्थित त्यतिबेला बाँसबारी छालाजुत्ता कारखानाको जग्गामा सांसद निवास बनाउने योजना रहेछ, हाम्रो अस्पताल बनाउने प्रस्तावपछि मन्त्री तुलाधरले मुटुको अस्पताल बनाउन सहमत हुनुभयो ।

यसका लागि धेरै मेहनत गर्नुपर¥यो । हाल यो अस्पताल नेपालकै एक स्रोत साधनसम्पन्न, दक्ष जनशक्तियुक्त मुटुरोगको अस्पताल बन्न सकेको छ । गङ्गालालको स्थापनापछि नेपालले मुटुरोगको उपचारमा ठूलो फड्को मार्नसक्यो । त्यसपछि निजी अस्पताल पनि आए । अहिले मुटु रोगको उपचार र निदानका लागि नेपाल बाहिर जानुपर्दैन । मुटुरोगको निदान, उपचार, रोकथाम तथा अध्ययन अनुसन्धान सम्बन्धमा सरकारको केन्द्रीय अस्पतालको रुपमा विस्तार गर्नु आवश्यक छ ।

नेपालमा मुटुका रोगीको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको अवस्थामा तिनको उपचारका लागि चिकित्सकको सङ्ख्या र अस्पतालको अवस्था कस्तो छ ?

पछिल्लो समय नेपालमा मुटु रोगीको सङ्ख्या निकै अस्वभाविक रुपमा बढ्दै गएको छ । पहिले दुई÷तीनजना बिरामी आउने गरेकामा अहिले ३०÷४० जना आउने गर्दछन् । त्यसअनुसार ती बिरामीको उपचारका लागि आवश्यक चिकित्सकको सङ्ख्या निकै कम छ भने आवश्यक अस्पतालको सङ्ख्या पनि छैन । केन्द्रमा शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र मात्रै छ भने अन्य सरकारी र निजी अस्पतालबाट सेवा दिन सकेका छौंँ । मुटुरोगको उपचारमा तुलनात्मक रुपले सस्तो र गुणस्तरीय सेवा प्रदान गरी देशकै एक भरोसायोग्य उपचार केन्द्रको रुपमा स्थापित गर्नेतर्फ सरकारको सहयोग जरुरत पर्दछ । काठमाडौँ बाहिरका मुख्य सहरहरुमा चिकित्सक भए पनि जिल्ला तहमा सेवा विस्तार गर्न सकेका छैनौंँ । गङ्गालाल अस्पताल स्थापना गर्दा पाँच वर्षमा सबै अञ्चल र अर्को पाँच वर्षमा सबै जिल्लामा मुटुरोगको उपचार गर्ने अलग्गै अस्पताल स्थापना गर्ने लक्ष्य राखेका थियौँ । यसमा प्रगति हुनसकेको छैन । अहिले जनकपुरमा भने अस्पतालको युनिट स्थापना भएको छ ।

मुटुरोगको उपचार सेवालाई देशभरि विस्तार गर्न के गर्नुपर्ला ?

पहिलो कुरा स्वास्थ्य क्षेत्रलाई सरकारले पहिलो प्राथमिकतामा राख्नुपर्दछ र त्यहीअनुसार बजेट योजना हुनु आवश्यक छ । गङ्गालाल अस्पताल पूर्वाधार, प्रविधि र जनशक्तिका हिसाबले राम्रो भएकाले तुरुन्तै यसलाई विश्वविद्यालयको रुपमा सञ्चालन गर्न सकिएमा त्यहाँबाट उत्पादित जनशक्तिलाई देशभर परिचालन गर्न सकिन्छ । पहिलो चरणमा कम्तीमा हरेक प्रदेशमा एउटा गङ्गालालजस्तै अस्पताल स्थापना गर्न जरुरी छ । त्यसपछि जिल्लास्तरमा मुटुरोगको अस्पताल विस्तार गर्दै लैजान सकिन्छ । साथै सरकारको एकल प्रयासले मात्रै मुटुको रोग नियन्त्रण गर्न सम्भव छैन । आज जनता र निजी क्षेत्रको पनि उत्तिकै हातेमालोको आवश्यक पर्दछ ।

नेपालमा मुटुका रोगीका बिरामीको सङ्ख्या तीव्ररुपमा बढ्दै जानुको मुख्य कारण के होला ?

नेपालमा २०३५ सातसम्म पनि मुटु रोगको समस्या थिएन । नेपालीको जीवनशैली निकै राम्रो थियो । तर अहिले खासगरी खानपिन र व्यायाम गर्ने परिपाटीमा धेरै परिवर्तन भएको छ । पश्चिमा देशहरुले खानपीन र जीवनशैलीमा ध्यान दिन थालेकाले ती देशमा अहिले मुटुको समस्या निकै कम भएको छ तर हाम्राजस्ता देशमा स्वास्थ्यप्रतिको सचेतना नहुँदा समस्या बढ्दै गएको छ । तयारी खाना, चिल्लो, माछामासु बढी खाने, सागसब्जी कम खाने, शारीरिक कसरत नगर्ने आदत बढ्दै गएको छ । सानो उमेरमै धुूमपान गर्ने, मध्यपान गर्ने क्रम बढ्न थालेको छ । यसले गर्दा १८÷२० वर्षकै उमेरका युवामा उच्च रक्तचाप, मधुमेहको समस्या बढ्न थालेको छ । पछिल्लो समय धेरै मानिसमा तनावले पनि मुटुको समस्या बढेको पाइन्छ । त्यसैले उचित खानपान, कसरत र तनावमुक्त जीवनशैलीमा ध्यान नदिए ठूलै महामारी आउने निश्चित छ ।

मुटुको रोग लाग्नै नदिन के कुरामा ध्यान दिन आवश्यक हुन्छ ?

उचित आहार, व्यायाम र योगसहितको जीवनशैली नै मुटुरोग मात्र नभइ कुनै पनि नसर्ने रोगबाट बच्ने उपाय हो । एउटा वयस्क व्यक्तिलाई स्वस्थ हुन सामान्यतयाः दिनमा छ÷सात घण्टा सुत्नुपर्छ । दैनिक करिब एकघण्टा हिँडडुल वा अन्य व्यायाम गर्नुपर्छ । आधा घण्टा योग ध्यान गर्दा धेरै फाइदा हुन्छ । खानामा कार्वोहाइटेडयुक्त खानेकुरा कम र प्रोटिनयुक्त खानेकुरा खानुपर्छ । बिहान सामान्य खानेकुरा खाने तर साँझमा ढिलोमा छ बजेभित्र हल्का पाँचनदार खानेकुरा खानु राम्रो हुन्छ । हरियो तरकारी, सागसब्जीलाई दुबै छाकमा खानुपर्छ । चिनी र चिल्लो पदार्थलाई बन्द गरेहुन्छ । नून पनि २.५ ग्रामभन्दा कम खाए पुग्छ । घिउ वा तेलमा तारेको खानेकुरा नखाने तर शुद्ध तोरीको तेलमा पकाएको खाँदा खासै बेफाइदा हुन्न । व्यक्तिको शारीरिक बनोटअनुसार यी कुरामा केही तलमाथि पनि हुनसक्छ । मध्यपानले कुनै फाइदा नगर्ने वैज्ञानिक तथ्यबाट पुष्टि भइसकेको छ । मासुमा माछा ठिकै हुन्छ, रातो मासु सकभर नखाने, खानै परे एकदम कम खानुपर्छ । धूमपानबाट टाढै रहन सक्यो भने उच्च रक्तचाप, मधुमेहको समस्या नियन्त्रण गर्न सजिलो हुनुका साथै अन्य रोग पनि लाग्ने जोखिम धेरै नै कम हुन्छ ।

मुटुका रोगीलाई उपचारसँगै पुनःस्थापनामा पनि ध्यान दिनुपर्ने होइन र ?

विश्व स्वास्थ्य सङ्गठनको पछिल्लो अध्ययनले इस्केमिक हार्ट डिजिजलाई विश्वकै सबैभन्दा ठूलो प्राणघातक रोगको रुपमा देखाएको छ । पछिल्ला दिनहरुमा नेपालमा समेत रोगका बिरामी तथा यसका कारण हुने मृत्यु बढिरहेको सन्दर्भमा उनीहरुको उपचारसँगै पुनःस्थापनामा पनि जोड दिनु आवश्यक छ । विकसित देशहरुमा उपचारसँगै पुनःस्थापनाका कार्यक्रममा जोड दिन थालिएको छ । बिरामीलाई अस्पतालबाट घर पठाउनुअघि केही समय पुनःस्थापना केन्द्रमा राखी सही ढङ्गबाट औषधि सेवन गराउने, खानपिनमा अभ्यस्त तुल्याउने तथा व्यायाम गराउनेजस्ता कुरा गराउन जरुरी हुन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजको राशीफल
आजको राशीफल
लकडाउन १० दिन थपियो
लकडाउन १० दिन थपियो
रास्वपाको घोषणापत्रः प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, गैरदलीय राष्ट्रपति (पूर्णपाठ)
रास्वपाको घोषणापत्रः प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, गैरदलीय राष्ट्रपति (पूर्णपाठ)
कक्षाकोठा व्यवस्थापनको माग गर्दै त्रिवि विभागमा तालाबन्दी
कक्षाकोठा व्यवस्थापनको माग गर्दै त्रिवि विभागमा तालाबन्दी
नरायणगढ –मुग्लिन सडक: पुलकाे एक साईडको र्यालीङ भाचियो
नरायणगढ –मुग्लिन सडक: पुलकाे एक साईडको र्यालीङ भाचियो
निर्वाचन प्रचारप्रसारमा अवैध भारतीय सवारीको प्रयोग बढ्यो
निर्वाचन प्रचारप्रसारमा अवैध भारतीय सवारीको प्रयोग बढ्यो
साविकका १३ गाविसले रु ११ लाख नतिर्दा विद्यार्थी मर्का
साविकका १३ गाविसले रु ११ लाख नतिर्दा विद्यार्थी मर्का
सुत्केरीको गुप्तांगमा प्याडसहितको टाँचा !
सुत्केरीको गुप्तांगमा प्याडसहितको टाँचा !
विद्यालयमा दक्ष शिक्षक राख्न महायज्ञ
विद्यालयमा दक्ष शिक्षक राख्न महायज्ञ
When folks try to find the Asian star of the event, a number of discover that Oriental ladies happen to be difficult to find as mailbox order brides to be. Its genuine that your with regard to Asian girls is without a doubt escalating, nevertheless the with regard to Hard anodized cookware adult men can be escalating too. The breakup price inside Australia might be growing and there are more The german language girls that are looking for to have hitched and acquire a new German man than males. The financial inside Europe has turned that even more complicated for those Western guys to find Cookware brides to be since Hard anodized cookware girls are even harder to look for in European countries within China and tiawan together with The japanese. As the Oriental are less widespread in the usa compared to they are in the different Parts of asia, they are not as simple to look for like a would really like. To find the Asian deliver buy woman from China, you need to take a look at The far east on its own. It means gonna Cina alone or even delivering a person presently there to satisfy the girls that you can get. Almost all of the submit order brides to be from China range from towns involving Hangzhou plus Shanghai. However, many of which visit the Far east urban centers of Guangzhou plus Shenzhen. International ship buy brides also can locate Asians within the Thailand or even Southerly Korea. Typically the Thailand is very well-liked by the United states guys who have been in order to Korea and even paid out at this time there. The two locations possess huge Korean areas, although for the reason that Koreans tend to be more metropolitan and are also let alone apt to reside in rural areas, these are significantly less popular with the ones looking for an Hard anodized cookware partner. In most within the international locations within Asian countries which can be very popular along with American adult males searching for Hard anodized cookware women, the mail buy birdes-to-be will be in the locations, definitely not the agricultural spots. For example , it truly is better to find Oriental girls out of Singapore, as compared to it is to discover Hard anodized cookware women from elements of Burma. Certainly there are various of other countries where the with regard to mailbox purchase wedding brides coming from Parts of asia is without a doubt excessive, although you can find much less of which. One more that will email buy brides out of Most of asia are much less normal in the United States is the fact that their age is not that frequent. The vast majority of snail mail purchase brides out of Most of asia happen to be among twenty-five and thirty-five. The Cookware females in the us never are generally seeing that older. Usually the girls that enter the America together with Western european husbands to flee low income, or to become a member of the particular army, are merely 04 years old, and for probably the most part Oriental women of all ages are typically much smaller. You will discover exclusions, however , and also a range extremely wealthy Oriental females through Hong Kong have got gotten to the age of fourty, although not quite a few. The Far east -mail order wedding brides are generally inside their thirties and even forties, as well as the men which are really spending money on these kinds of wedding brides have the choice of purchasing the vacation that is certainly certainly not usually a dilemma. Any time a person decides to buy typically the honeymoon, it generally depend upon which price of the honeymoon, or maybe the wide variety of times that particular one would like the particular honeymoon vacation in order to previous. Many of the Cookware ship order brides that are willing to have sex having international adult men, will certainly explain to typically the Cookware males that they can be right from Hong Kong or perhaps Taiwan, but they are genuinely right from Vietnam or Malaysia. Typically this is only for show, and if the particular man usually takes you a chance to examine gal just before he / she chooses regardless of whether in order to marry the girl, he will probably master of which she actually is not merely gorgeous, nonetheless includes amazing manners. It would appear that your mailbox order brides-blooms.com/cities-in-japan/ birdes-to-be by Most of asia are harder to find in america, than the all mail order wedding brides from other Parts of asia. Nevertheless it is quite possible to get a few really gorgeous Oriental brides throughout Most of asia, plus they can be quite comfy.

तपाईंले छुटाउनुभयो कि?