आयोगको चेतावनी : कात्तिक १८ अघि चुनाव प्रचारप्रसार गरे उम्मेदवारी खारेज गर्ने
सारांश
- काठमाडौ ।
- मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश निर्वाचनको लागि कात्र्तिक १८ गते भन्दा अगाडि प्रचार प्रसार गर्न नपाउने भएका छन् ।
- निर्वाचन आयोगले निर्वाचन आचार संहिता विपरित अगावै प्रचारप्रसार गरेको भेटिए त्यस्ता उम्मेदवारको मनोनयन नै खारेज गर्नसक्ने सम्मको चेतावनी दिएको हो।
काठमाडौ । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश निर्वाचनको लागि कात्र्तिक १८ गते भन्दा अगाडि प्रचार प्रसार गर्न नपाउने भएका छन् । निर्वाचन आयोगले निर्वाचन आचार संहिता विपरित अगावै प्रचारप्रसार गरेको भेटिए त्यस्ता उम्मेदवारको मनोनयन नै खारेज गर्नसक्ने सम्मको चेतावनी दिएको हो।
कतिपय उम्मेदवारहरूबाट आचारसंहिता उल्लंघनका दर्जनौ उजुरी परेको भन्दै त्यस्ता उजुरीमाथि सुक्ष्म अध्ययन गरिरहेको पनि आयोगको भनाइ छ । त्यस्ता उजुरीमाथि पहिलो पटक स्पष्टीकरणको मौका दिइने र पुनः दोहोरिए मनोनयन नै खारेज गर्न सक्नेतर्फ आयोगले सतर्क गराएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया